अजयमेरु गाउपालिकामा खानेपानीको अभाव शुरु

0

महेन्द्रनगर, असार २३
डडेल्धुराको अजयमेरु गाउपालिकामा खानेपानीको अभाव शुरु भएको छ । खानेपानीको अभाव हुदा दैनिक जीवनयापनमा समस्या भएको छ । आनेपानीको समस्या भए पछि गाउँबाट तराइतर्फ वा खोला नजिकमा बसाइसराइ गर्नेको सख््या बढ्दै गएको स्थानीयवासीले बताएका छन । अजयमेरु गाउपालिका वडा नम्वर ५ र ६ का अधिकांश गाउ बस्तीमा खानेपानीको चरम अभाव हुन थालेको छ । गाउपालिका अन्तर्गतका गाल, मटेला, भण्डारी गाउ, झिङनी, राजुल ओडिगाउ लगायतका गाउमा खानेपानीको चर्को अभाव हुन थालेको हो । पानी नहुदा राति २ बजे उठेर खोलामा गएर पानी ल्याउनुपर्ने बाध्यता रहेको स्थानीयवासी हरिलाल रावतले बताउनु भयो । पानी अभावकै कारण पढेलेखेका युवाहरुको गाउप्रतिको मोह पनि मरेर गइरहेको उहाँको भनाइ छ । खानेपानीको जोहो गर्दागर्दै अरु काम गर्न नपाइने भएकाले सर्वसाधारण दिक्क भएका छन् । बिना अध्ययन सडक निर्माण हुनु, पानीको मुहानको संरक्षणमा चासो नदेखाउनु तथा खानेपानीको समस्याप्रति सरोकारवाला निकायले बेवास्ता गनुको कारण हिउदमा वषौँदेखि देखिइने यो समस्या ज्यूँका त्यूँ रहेको स्थानियले बताएका छन् । खानेपानीको अभाव भएपछि वर्षेनी गाउबाट तराईतर्फ बसाइ सर्नेको सख्या पनि बढ्न थालेको छ । कति घरपरिवारले दोहारो बस्ती बस्ने गरेको स्थानीय डम्बरसिंह पडालले बताउनुभयो । शुद्ध खानेपानीको आपूर्तिका विषयमा गाउमा बेलाबेलामा कार्यक्रम सञ्चालन हुने गरेका छन् । तर यसको व्यवस्थापन अहिलेसम्म हुन सकेको छैन । पानीको समस्याका कारण महिलालाई खाना पकाउने, भाडा माझ्ने, गाईवस्तुलाई खुवाउने पानी कसरी जोहो गर्ने भन्ने चिन्ताले दिनभर पिरोलिए स्थानीय पोषण सहजकर्ता मनिषा पालले वताउनु भयो । खानेपानी अभावकै कारण अजयमेरु गाउँपालिका वडा नम्वर ५ र ६ मा आर्थिक वर्ष २०७४,७५ मा ४४ पुरुष र ३२ महिला गरी कूल ७६ जनाले थातथलो छोडेर गएको तथ्याङ्क गाउँपालिकासँग रहेको वडासचिव केशव भट्टको भनाइ छ । अहिले पनि अजयमेरु गाउपालिका वडा नम्वर ५ का ५५९ घरपरिवार र वडा नं ६ का ४७८ घरधुरी खानेपानीको समस्यामा रहेका छन् ।

Share.

About Author

Leave A Reply