अत्याधिक गर्मी बढेसँगै कैलाली कञ्‍चनपुरमा सर्पदंश बढ्न थाले

0

महेन्द्रनगर, असार, ९
अत्याधिक गर्मी बढेसँगै कैलाली कञ्‍चनपुरमा सर्पदंश बढ्न थालेको छ । गर्मीसंगै विषालु सर्पहरू देखिन थालेका छन् । पछिल्लो दुई महिनामा मात्रै सेती अञ्चल अस्पतालमा ३५ जना सर्पदंशका बिरामी उपचारमा पुगेका छन् । हालसम्म तीन जनाको मृत्यु भएको अस्पातालले जनाएको छ । गर्मी सुरु भएपछि गोमन, करेत जातका विषालु सर्प र विष नलाग्ने थुप्रै सर्पहरु देखिन थालेका छन् । सर्पदंशका घट्ना बढ्दै गए पनि गाउघरमै अस्पताल तथा उपचार केन्द्र नहुदा अस्पताल पुराउदासम्म ज्यान जाने गरेको सेती अञ्चल अस्पतालका इमेरजन्सी इन्चार्ज कृष्ण बोहराले बताउनुभयो । जेठमा दुईजना र असारमा एकजनाको ज्यान गएको थियो । चैत वैशाखदेखि असोज कात्तिकसम्म सर्पदंशका घटना बढ्न सक्ने भएकाले रातिको समयमा विशेष ध्यान दिन समेत चिकित्सकहरूले आग्रह गरेका छन् । सर्पले टोक्ने बित्तिकै केही नहुने भएकाले पनि खासै चासो नदिएको चिकित्सकहरु बताएका छन् । तर, केही समयपछि लक्षणहरू देखिने वरिष्ठ डा. शेरबहादुर कमरले बताउनुभयो । सर्पले टोकेमा घँटी दुख्ने, थुक निल्न गाह्रो हुने, रिगंटा लाग्ने तथा मथिल्लो पेट दुख्ने र बान्ता हुने जस्ता लक्षण देखिने गरेको कमरले बताउनुभयो । कैलाली कञ्‍चनपुरका ग्रामीण क्षेत्रमा अझै पनि गाउघरमा सर्पले टोकेपछि झारफुक गर्ने र अन्तिम अवस्थामा मात्रै अस्पताल ल्याउने प्रचलन छ । जसले गर्दा सर्पदंशबाट ज्यान गुमाउनेहरुको संख्यामा वृद्धि भइरहेको छ ।

 

Share.

About Author

Leave A Reply