अपागंता भएका व्यक्तिहरुको समावेशी विकास सम्बन्धि स्थानिय तहका जनप्रतिनिधीहरुका लागि १ दिने गोष्ठी सम्पन्न

0

महेन्द्रनगर
अपागंता भएका व्यक्तिहरुको समावेशी विकास सम्बन्धि स्थानिय तहका जनप्रतिनिधीहरुका लागि १ दिने गोष्ठी कार्यक्रम आज कैलालीको धनगढीमा सम्पन्न भएको छ । राष्ट्रिय अपागं महासंघ नेपालको आयोजना तथा राष्ट्रिय अपागं महासंघ सुदुरपश्चिम प्रदेशको समन्वयमा १ दिने गोष्ठी सम्पन्न भएको राष्ट्रिय अपागं महासंघ सुदुरपश्चिम प्रदेशका अध्यक्ष उपेन्द्र खडायतले जानकारी दिनु भयो । गोष्ठीमा अपागं अधिकार ऐन २०७४ का बारेमा, समावेशी विकासका बारेमा, भौतिक संरचना तथा सञ्चार सेवा निर्दशिका २०६९ का बारेमा स्थानिय तहका जनप्रतिनिधीहरुलाई जानकारी गराइएको थियो । त्यसैगरी अपागं परीचय पत्र वितरण कार्यविधि २०७५, अपागं परीभाषा वर्गीकरण परीचय पत्र लगायतका विषयमा सहजीकरण गरीएको थियो । गोष्ठीमा ५ ओटा जिल्लाका १० ओटा स्थानिय तहका उपप्रमुखहरुको सहभागिता रहेको जनाइएको छ । जसमा पहाडी जिल्लाहरु ३ ओटा र दुई जिल्ला तराइका रहेका छन् । दार्चुलाको महाकाली नगरपालिका, बैतडीको दशरथचन्द नगरपालिका, डडेल्धुराको अमरगढी नगरपालिका, कैलालीको जोशीपुर गाउपालिका, घोडाघोडी नगरपालिका, कैलारी गाउपालिका, धनगढी उपमहानगरपालिका, कञ्चनपुरका पुर्नवास नगरपालिका, वेदकोट नगरपालिका र लालझाडी गाउपालिकाका स्थानिय जनप्रतिनिधीहरुको सहभागिता रहेको गोष्ठीका सभापति समेत रहनु भएका राष्ट्रिय अपागं महासंघ सुदुरपश्चिम प्रदेशका अध्यक्ष उपेन्द्र खडायतले जानकारी दिनु भयो । स्थानिय तहका कार्यकारी अधिकृत, महिला शाखा हेर्ने अधिकृत लगायत गरी कुल ३० जनाको सहभागिता रहेको थियो । सो कार्यक्रमका प्रमुख अतिथि कैलालीको धनगढी उपमहानगरपालिकाका उपप्रमुख सुशीला मिश्र भट्ट रहनु भएको थियो । सहजकर्तामा राष्ट्रिय अपागं महासंघ गण्डकी प्रदेशका खोम प्रसाद शर्मा, राष्ट्रिय अपागं महासंघ केन्द्रिय कार्यसमितका उपाध्यक्ष रमा ढकाल लगायत रहेका थिए । सो कार्यक्रममा धारणा राख्ने स्थानिय जनप्रतिनिधीहरुले अपांग परीचय पत्र वितरणमा मुख्य समस्या देखिएको बताएका छन् । ७ ओटै प्रदेशमा अभिमुखीकरण कार्यक्रम भएकाले अब यसबाट आएका सुझावहरु सरकारलाई दिइने जनाइएको छ ।

Share.

About Author

Leave A Reply