असार ३० गते कञ्चनपुरको महेन्द्रनगरमा हाफ म्याराथुन दौड प्रतियोगिता हुने

0

महेन्द्रनगर, असार २८
यही असार ३० गते सोमबार कञ्चनपुरको महेन्द्रनगरमा हाफ म्याराथुन दौड प्रतियोगिता हुने भएको छ । सुदूरपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको आयोजनामा हाफ म्याराथुन दौड प्रतियोगिता हुने भएको हो । कञ्चनपुर खेलकुद विकास समितिका प्रशिक्षण प्रमुख विमल खडायतले पुरुष महिला हाफ म्याराथुन प्रतियोगिताको तयारी भईरहेको बताउनु भयो । उहाका अनुसार कञ्चनपुर खेलकुद विकास समितिको कभर्डहलमा उक्त प्रतियोगिताको असार ३० गते बिहान ७ बजे उद्घाटन हुनेछ । म्याराथुन दौड प्रतियोगितामा प्रथमलाई एक लाख, द्वितियलाई ६० हजार, तृतीयलाई ४० हजार, चौथो हुनेलाई २५ र पाचौ हुनेलाई लाई १५ हजार रुपैया नगद पुरस्कारका साथै प्रमाण पत्र वितरण गरिने प्रशिक्षण प्रमुख खडायतले बताउनु भयो । प्रतियोगितामा पाचसय जना भन्दा बढिको सहभागिता हुने अपेक्षा गरिएको आयोजकले बताएको छ ।

Share.

About Author

Leave A Reply