आज विश्व दृष्टि दिवश कैलालीको धनगढीमा पनि मनाइयो

0

महेन्द्नगर, असोज २४
आज विश्व दृष्टि दिवश कैलालीको धनगढीमा पनि मनाइएको छ । नेपाल नेत्रज्वती संघ जिल्ला शाखा कैलालीको आयोजनामा मनाईएको बिश्व दृष्टी दिवस २०१९ को सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट र धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले उद्घाटन गर्नु भएको थियो । कार्यक्रमको उद्घाटन गर्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले खानपान र जिवनशैलीका कारण पनि आँखाको ज्योति गुम्ने किसिमका रोगको संक्रमण बढेको बताउनु भयो । आँखा सम्वेदनशिल अंग भएको बताउदै मुख्यमन्त्री भट्टले आखाको सुरक्षाका लागि सरसफाई र खानपानमा ख्याल राख्नुपर्नेमा जोड दिनु भयो । कैलालीमा रहेको गेटा आँखा अस्पतालले नेपालका मात्रै नभएर भरतीय आँखाका बिरामीहरुलाई समेत सेवा दिईरहेको छ । धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले आफु धनगढीलाई मोतिया बिन्दु रहित नगर बनाउनका लागि लागिपरेको बताउनु भयो । धनगढी नेत्रालयसंग समन्वय तथा साझेदारी गरेर ९ वटा आँखा शिविर संचालन गरिसकिएको बताउदै नगरप्रमुख वडले त्यसमा ८ हजार ५ सय ५५ जनाको आँखा परिक्षण गरिनुको साथै २ हजार ६ सय ८१ जनालाई निशुल्क चस्मा वितरण गरिएको र १ हजार १४ जनाको आँखाको निशुल्क सल्यक्रिया समेत गरिएको जानकारी दिनु भयो । नवजिवन सहकारीका अध्यक्ष तथा चक्रबहादुर सिंह, नेपाल नेत्रज्वती संघका कार्यबाहक अध्यक्ष यज्ञ चौधरी लगायतले आँखाको महत्वका बिषयमा धारणा राखेका थिए ।

Share.

About Author

Leave A Reply