आन्तरिक पर्यटन प्रर्बद्धनका लागि सार्वजनिक यातयातमा पोष्टर

0

महेन्द्रनगर, असार २८
कञ्चनपुरको भीमदत्त नगरपालिकाले आन्तरिक पर्यटन प्रर्बद्धनका लागि सार्वजनिक यातयातमा पोष्टर लगाएको छ । नेपाल पत्रकार महासंघ र भीमदत्त नगरपालिकाको सहकार्यमा सार्वजनिक यातायातमा पोष्टर लगाएको हो । आज शनिबार एक कार्यक्रमका विच भीमदत्त नगरका प्रमुख सुरेन्द्र विष्ट, उप प्रमुख शुशिला चन्द (सिह) लगायत यहाँका यातायात व्यवसायीले पोष्टर लगाएरका छन् । बसपार्क, महाकाली, पवनदुत, नमस्ते शुक्लाफाँटा, महाकाली टेम्पुका सवारी साधनमा उक्त पोष्टर लगाईने छन् । भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र विष्टले सहकार्यमा भीमदत्त नगरको पर्यटनको विकास गरिने बताउनु भयो । उहाका अनुसार भीमदत्त नगर क्षेत्रभरी रहेका ऐतिहासिक, धार्मिक पर्यटकिय गन्तव्य एव स्थान स्थलको पोष्टर मार्फत प्रचारप्रसार गरिएको हो । नगर प्रमुख विष्टले भीमदत्त नगरको पर्यटकिय विकासका लागि थुप्रै योजना अघि बढेको समेत बताउनु भयो । भ्यू टावरदेखि पर्यटन गन्तव्यसम्म पुग्ने पुर्वाधार विस्तार गरिरहेको बताउदै नगर प्रमुख विष्टले पर्यटनका लागि सबैको सहयोग आवश्यक रहेको बताउनु भयो । नेपाल भ्रमण बर्ष २०२०लाई सफल पार्नका लागि समेत भीमदत्त नगरले विभिन्न पर्यटकिय काम अघि बढाएको उहाले बताउनु भयो । आर्थिक विकास र सम्बृद्धिका लागि समेत पर्यटन क्षेत्र महत्वपुर्ण रहेको उहाको भनाई छ । नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष विष्णू अवस्थीले यातायात क्षेत्र र यातायातका सवारी साधन एक ठाँउबाट विभिन्न ठाँउमा जाने भएकाले पर्यटकिय विकास र प्रर्बद्धनमा सो क्षेत्रको समेत अहम भूमिका हुने भएकाले भीमदत्त नगरसंग महासंघले सहकार्य गरेर पोष्टर बनाएको बताउनु भयो । अध्यक्ष अवस्थीका अनुसार झोलुङ्गेपुल, कालिताल झरना, भीमदत्त नगरभित्रका विभिन्न मठमन्दिर, विभिन्न संस्कृतिका पोष्टर निकालिएका छन् । बसका साथै बसपार्क, होटेल सार्वजनिक क्षेत्रमा समेत पोष्टर लगाउने बताउदै उहाले यसबाट समेत भीमदत्त नगरका पर्यटकिय गन्तव्य बारे प्रचारप्रसार हुने बताउनु भयो । अध्यक्ष अवस्थीका अनुसार विभिन्न ८ प्रकृतिका ११ सय पोष्टर टाँसिने छन् । कञ्चनपुरका यातायात व्यवसायीले समेत पर्यटकिय क्षेत्रका पोष्टरबाट थप प्रचारप्रसार हुने बताएका छन् ।

Share.

About Author

Leave A Reply