आन्तरिक राजस्व कार्यालय कञ्चनपुरमा लक्ष्य भन्दा बढी राजस्व संकलन

0

महेन्द्रनगर, श्रावण ३
भन्सार कार्यालयहरुले लक्ष्य अनुसार राजश्व संकलन गर्न नसकिरहेको अवस्थामा आन्तरिक राजस्व कार्यालय कञ्चनपुरले भने लक्ष्य भन्दा बढी राजस्व संकलन गरेको छ । गत आर्थिक बर्ष २०७५,०७६ मा १ अर्ब ६१ करोड ६४ लाख ७४ हजार राजस्व संकलनको लक्ष्य लिएकोमा आर्थिक बर्ष २०७५,०७६ को असार मसान्तसम्म २ अर्व १२ करोड ८२ लाख ६६ हजार राजस्व संकलन गरिएको छ जुन लक्ष्य भन्दा झण्डै ३२ प्रतिशत बढी हो । सरकारको नीतीगत ब्यबस्थाको कायर्नन्वयन, अन्तर कार्यालयसंगको समन्वय, बक्यौता कर असुुलीमा कडाई, करदाता शिक्षामा जोड, बैंकको तथ्याकं र कार्यालयमा पेश गरेको कारोबारको बिश्लेषण, कर प्रशिक्षण र अनुुसन्धानलाई जोड, बजार अनुुगमनलाई प्राथमिकता, कर सम्बन्धि ब्यबस्थाका लागि नविन प्रविधिको प्रयोग तथा कार्यालय परिसरमा करदाता सुविधाका लागि बैंक काउन्टर ब्यबस्थापन लगायतका कारणले आर्थिक बर्ष २०७५,०७६मा लक्ष्य भन्दा बढि राजस्व संकलन गरिएको आन्तरिक राजस्व कार्यालय कञ्चनपुरका प्रमुख कर अधिकृत लेखनाथ शर्माले बताउनुु भयो । आर्थिक बर्ष २०७४,०७५ मा १ अर्व १९ करोड ३१ लाख ६ हजार राजस्व संकलनको लक्ष्य लिएका आन्तरिक राजस्व कार्यालय कञ्चनपुरले १ अर्व ४८ करोड ७ लाख ६९ हजार राजस्व संकलन गरेको थियो जुन लक्ष्य भन्दा २४.११ प्रतिशत ले बढी रहेको थियो ।

Share.

About Author

Leave A Reply