उदयदेव बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले २० औं स्थापना दिवशको अवसरमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालीकका विद्यार्थीलाई पुरुस्कृत

0

महेन्द्रनगर, बैशाख १३
उदयदेव बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले २० औं स्थापना दिवशको अवसरमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालीकका विद्यार्थीलाई पुरुस्कृत गरेको छ । स्थापना दिवशका अवसरमा माध्यमिक तहका विद्यार्थीका लागि हाजिरीजफाव प्रतियोगिताको आयोजना गरी उत्कृष्ट विद्यार्थीलाई पुरुस्कार प्रदान गरेको हो । प्रतियोगितमा सहभागी १० विद्यालय मध्ये े चार विद्यालयलाई पुरुस्कार प्रदान गरिएको सहकारीका बरिष्ठ शाखा प्रवन्धक मान बहादुर चन्दले बताउनु भयो । प्रतियोगितमा प्रथम हुने विद्यालयलाई रु चार हजार , दोश्रो हुने विद्यालयलाई रु तीन हजार, तेश्रो स्थान प्राप्त गर्ने विद्यालयलाई रु दुई हजार र चौथो स्थानमा रहने विद्यालयलाई रु एक हजार रकम पुरुस्कार स्वरुप पदान गरिएको उहाँले बताउनु भयो । कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सदस्य लाल बहादुर खड्का र नगरपालीकाका प्रमुख दिल बहादुर ऐरले पुरुस्कार वितरण गर्नु भएको छ । सहकारीले प्रत्येक वर्ष विभिन्न कार्यक्रमबाट शैक्षिक सामग्री तथा छात्रबृत्ति जस्ता कार्यक्रम गरी शिक्षा क्षेत्रमा सहयोग पुरयाउदै आई रहेको छ

 

 

Share.

About Author

Leave A Reply