उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्ट र धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडको सहभागीतामा वृक्षारोपण

0

महेन्द्रनगर, असार १
आज देशभर चुरेको माटो पानी जोगाऔं, तराई मधेश बचाऔं’ भन्ने नाराका साथ पँचौ वार्षिक चुरे दिवस मनाइएको छ । कैलालीमा पनि जनचेतना मुलक कार्यक्रम र वृक्षारोपण गरी कार्यक्रम मनाइएको छ । धनगढीको जाखोर तालमा राष्ट्रपति चुरे तराई मधेश विकास समितिले वृक्षारोपण कार्यक्रम गरेको हो । जाखोर ताल क्षेत्रको खाली ठाउमा विभिन्न जातका विरुवा रोपिएका छन् । सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्ट र धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडको सहभागीतामा वृक्षारोपण गरिएको हो । वातावरण संरक्षण गर्नका लागि बोटविरुवा संरक्षण आवश्यक भएको संरक्षणविधले बताएका छन् । पछिल्लो समयमा चुरेमा भएको विनासले गर्दा तराई नै संकटमा परेको उनीहरुको दावी छ । चुरे संरक्षणको अभावमा वर्षातका समयमा तराई क्षेत्र डुबानमा पर्न सक्ने उच्च जोखिम रहेकोले चुरेको संरक्षण गर्नु सबैको साझा दायित्व भएकाले सबैले आआफ्नो ठाउबाट चुरे क्षेत्रको संरक्षण गर्नका लागि पहल गर्नु पर्ने सरोकारवालाहरुले बताएका छन् । राष्ट्रपति चुरे तराई मधेश विकास समिति बोर्ड सदस्य विधुर भारतीले केन्द्र सरकार वन जोगाउन असफल भएकाले अब प्रदेश सरकारले वन संरक्षणमा जुट्नुपर्ने बताउनु भयो । कैलाली नेपालको सबैभन्दा बढी चुरे क्षेत्र ओगटेको जिल्लामा पर्दछ ।

Share.

About Author

Leave A Reply