कञ्चनपुरका निजी शिक्षक र बालविकासका शिक्षिकाले विभिन्न माग राख्दै कञ्चनपुरका सबै स्थानीय सरकारसंग कामको न्यायिक मुल्याङ्गकन गर्न आग्रह

0

महेन्द्रनगर, असार, ९
कञ्चनपुरका निजी शिक्षक र बालविकासका शिक्षिकाले विभिन्न माग राख्दै कञ्चनपुरका सबै स्थानीय सरकारसंग कामको न्यायिक मुल्याङ्गकन गर्न आग्रह गरेका छन् । जिल्लाका विभिन्न समुदायिक विद्यालयमा कार्यरत निजी शिक्षक र बालविकासका शिक्षिकाले छुट्टाछुट्टै ज्ञापन पत्र एवम डेलिगेशन दिएर स्थानीय सरकारले श्रमको उचित मुल्याङ्गकन गर्दै बजेट मार्फत मर्म सम्बोधन गर्न आग्रह गरेका छन् । स्थानीय सरकारसंग प्रर्याप्त अधिकार हुँदा हुँदै पनि लामो समयदेखि काम गर्दै आएका निजी शिक्षक र बालविकासका शिक्षिकाको वृति विकासका लागि स्थानीय सरकारले उचित पहल गर्नुपर्नेमा जोडदिईएको छ । कञ्चनपुरका सामुदायिक विद्यालयमा अध्यापनरत निजी शिक्षकले निजी शिक्षकलाई नगर अथवा गाउँपालिका शिक्षक स्रोतका रुपमा नामाकरण गर्दै सोही स्रोतबाट तलबभत्ता खुवाउन माग अघि सारेका छन् । कञ्चनपुरको एक सामुदायिक विद्यालयमा कार्यरत निजी शिक्षक दिपेन्द्रसिह ठकुराठीले निजी शिक्षक र बालविकासका शिक्षिकामाथी विभेद गरिएको भन्दै सेवा सुविधा विस्तारमा जोडदिए । उनले बेल्डाँडी, लालझाँडी गाउँपालिका, सहित जिल्लाका ७ वटै स्थानीय तहका प्रमुख, उपप्रमुख, वडाध्यक्ष एव जनप्रतिनिधीलाई भेटेर ज्ञापन पत्र, अनुरोध पत्र बुझाईसकेको बताए । निजी शिक्षकले स्थायी सरह सेवा सुविधाको माग अघि सारेका छन् । कपडा भत्ता, लगायतका सेवा सुविधा र वृतिविकासका लागि माग अघि सारेका हुन् । कञ्चनपुरका स्थानीय तह प्रमुख, उप प्रमुख एव जनप्रतिनिधीले निजी शिक्षक र बालविकासका शिक्षिकाको पीडा भएकाले सम्बोधन गर्ने आवश्वासन दिएका छन् ।

 

 

Share.

About Author

Leave A Reply