कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नं.२ को वजार दुर्गन्धित बन्दै

0

महेन्द्रनगर, भाद्र २१
कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नं.२ को वजार दुर्गन्धित बन्दै गएको छ । वडा नम्बर २ को बंक, वाणी वनरा लगायतका विभिन्न बजार क्षेत्रहरु दुर्गन्धित वन्दै गएका हुन् । छाडा चौपायाको व्यवस्थापन नहुदा बजार क्षेत्र दुर्गन्धित बन्दै गएको हो । वडा नम्बर २ ले गत आर्थिक वर्ष २०७५)७६ मा वजेट विनियोजन गरेको भएपनि प्रभावकारी हुन नसकेको वडा नम्बर २ का वासिन्दाहरुले बताएका छन् । वडा नम्बर २ ले गत आर्थिक वर्ष २०७५)७६ मा २० लाख रुपैया बजेट विनियोजन गरेकोमा ७ लाखको मात्रै खर्च भएको वडाध्यक्ष जयनारायण जोशीले बताउनु भयो । यता केही वडावासीहरुले भने वडाले बजेट विनियोजन गरेपनि खर्च गर्न नसक्नु दुखद भएको बताएका छन् । गत आर्थिक वर्षमा १३ लाख बजेटलाई खर्च गर्न नसकि फ्रिज गएको वडाले चालु आर्थिक वर्षमा छाडा गाइगोरुको समस्या समाधानका लागि रु.२० लाख नै बजेट विनियोजन गरेको वडा नं.२ का वडाअध्यक्ष जयनारायण जोशीले शुक्लाफाटा एफ्.एम लाई जानकारी दिनुभयो । उहाले वडा एक्लैले छाडा चौपायाको व्यवस्थापन गर्न नसक्ने भएकाले जनता पनि सचेत हुनु पर्ने बताउनु भयो । कृष्णपुर नगरपालिकाको वडा नम्बर ४ मा मालुबेला भन्ने ठाउमा छाडा गाईगोरुको व्यवस्थापनका लागि चालु आर्थिक वर्षमा काम गरी रहेको वडा नम्बर २ को कार्यालयले जनाएको छ ।

Share.

About Author

Leave A Reply