कञ्चनपुरको बेलौरी नगरपालिकामा व्यापक आर्थिक घोटाला भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छापा

0

महेन्द्रनगर, जेठ ३०
कञ्चनपुरको बेलौरी नगरपालिकामा व्यापक आर्थिक घोटाला भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा हानेको छ । बेलौरी नगरपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृत मंगल बहादुर शाहीले विभिन्न योजनामा ठुलो रकम मोलमोलाई र आर्थिक अनियमिता गरेकाले अख्तियारमा उजुरी परेको थियो । उहाले हरेक योजनामा घुस माग्ने, नदिनेलाई काम नदिने भन्दै आर्थिक अनियमिता बिरुद्धमा अख्तियारमा उजुरी परेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरका शाखा अधिकृत हरिशचन्द्र जोशीले अख्तियारमा उजुरी परेका आधारमा कागजात नियन्त्रणमा लिएको बताउनुभयो । उजुरीको आधारमा प्रारम्भिक अनुसन्धान थालेको उहाको भनाई छ । बेलौरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शाहीले हरेक ठेक्कामा १० प्रतिशत घुस लिएर टेण्डर सदर गरेकाले विकास निर्माणमा चरम अनियमिता भएको भन्दै उजुरी परेको अख्तियारले जनाएको छ । अख्तियार कञ्चनपुरका अनुसार बेलौरी नगरपालिकाको भवन निर्माणमा अनियमिता, लक्षित बर्गको बजेटमा अनियमिता, कृषि अनुदान, राहत वितरण लगायत हरेक विकास निर्माणका योजनामा प्रमुख शाहीले अनियमिता गरेको उजुरी परेको थियो । अख्तियारको टोलीले मंगलबार कागजात नियन्त्रणमा लिदै बेलौरी नगरपालिकामा भएका योजनाहरुको स्थलगत अनुगमन पनि गरेको छ ।

 

 

Share.

About Author

Leave A Reply