कञ्चनपुरको बेलौरी नगरपालिकाले कृषि क्षेत्रको विकासका लागी गुरुयोजना निर्माण गर्नका लागी छलफल

0

महेन्द्रनगर, माग १५
कञ्चनपुरको बेलौरी नगरपालिकाले कृषि क्षेत्रको विकासका लागी गुरुयोजना निर्माण गर्नका लागी छलफल अगाडि बढाएको छ । कृषि क्षेत्रको समग्र पूर्वाधारको अवस्था, उपलब्ध स्रोत जमीन, सिचाइ, जलवायु, साधनको सदुपयोग गर्नका लागी कृषि गुरुयोजना बनाइ रहेको बेलौरी नरगपालिकाका नगर प्रमुख पोतिलाल चौधरीले शुक्लाफाटा एफ.एमलाई जानकारी दिनु भयो । नगरपालिकाले आफ्नो क्षेत्रको कृषि, पशुपालन, कृषि उत्पादन व्यवस्थापन तथा समग्र कृषि क्षेत्रको वैज्ञानिक विकासका लागि स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन, अनुगमन र नियमन गर्ने प्राप्त्त अधिकार अनुसार प्रतिस्पर्धात्मक व्यावसायिक कृषि प्रणालीको विकासबाट रोजगारी अभिवृद्धि गर्न गुरुयोजना बनाउने योजना बनाइ रहेको नगर प्रमुख चौधरी बताउनु भएको छ ।

Share.

About Author

Leave A Reply