कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ३ मा सौर्य उर्जामा आधारित सडक बत्ती जडान

0

महेन्द्रनगर, असार २६
कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ३ मा सौर्य उर्जामा आधारित सडक बत्ती जडान गरिएको छ । वडा नम्बर ३ को बजेटबाट चार स्थानमा सौर्य उर्जामा आधारित सडक बत्ती जडान गरिएको हो । बेलौरी नगरपालिका ३ को वडा कार्यालयले आव ०७५र०७६ को बजेटबाट चार स्थानमा सौर्य सडक बत्ती जडान गरिएको वडा अध्यक्ष नेत्रराज गिरीले बताउनु भयो । उहाले वर्षा याम सुरु हुनु संगै बाढीको जोखिममा रहेका स्थान र अन्य मुख्य स्थानहरुमा सडक बत्ती जडान गरिएको बताउनु भयो । ०७५र०७६ को ३ लाख ७३ हजार बराबरको बजेटबाट वडाका बाढीको उच्च जोखिममा रहेको मोतिपुर चोकमा बत्ती जडान गरिएको हो । यसैगरी जब्दिया स्थित चिल्ड्रेन पार्क , खिरिया चोक र बुटाबारी चोकमा सौर्य उर्जामा आधारित सडक बत्ती जडान गरिएको हो । बाढीको उच्च जोखिम संगै मुख्य चोकहरुमा सडक बत्ती जडान गरिए पछि स्थानीयले खुशी ब्यक्त गरेका छन् ।

Share.

About Author

Leave A Reply