कञ्चनपुरको भीमदत्त नगरपालिका–११ भुजेलास्थित महाकाली नदी किनारमा आज बिहान एक मजदूर मृत अवस्थामा फेला

0

महेन्द्रनगर, असार २६
कञ्चनपुरको भीमदत्त नगरपालिका–११ भुजेलास्थित महाकाली नदी किनारमा आज बिहान एक मजदूर मृत अवस्थामा फेला परेका छन् । दार्चुलाको लेकम गाउपालिका–३ घर भई विगत केही वर्षयता भुजेलामा जग्गा अधियामा लिएर काम गर्दै आएकास्थ४५ वर्षीय नैनराम सार्की महाकाली नदी नियन्त्रणका लागि बनाइएको तटबन्ध छेउमा मृत अवस्थामा भेटिएका हुन् । घटना ल पुगेको प्रहरी टोलीले मृतक सार्कीको टाउकोमा गहिरो चोट लागेको जनाएको छ । गड्डाचौकी इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक डिकरदेव पन्तले घटनाका सम्बन्धमा छानविन भइरहेको जानकारी दिनुभयो । सार्कीको हत्या भएको हुन सक्ने आशंका गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 

Share.

About Author

Leave A Reply