कञ्चनपुरको भीमदत्त नगरपालिकाको वडा नम्बर १ ले चालु आर्थिक वर्षका लागी छुट्याएको बजेटमध्ये अधिकाशं बजेट पुर्वाधार निर्माणमा खर्च

0

महेन्द्रनगर, बैशाख २४
कञ्चनपुरको भीमदत्त नगरपालिकाको वडा नम्बर १ ले चालु आर्थिक वर्षका लागी छुट्याएको बजेटमध्ये अधिकाशं बजेट पुर्वाधार निर्माणमा खर्च गरेको छ । चालु आर्थिक वर्षमा सडक निर्माण, खानेपानी, स्वास्थ्य, शिक्षा लगायतका विषयलाई मुख्य प्राथमिकता दिएर काम भइ रहेको वडा नम्बर १ का वडा अध्यक्ष आसिफ कुवर भुन्टुले बताउनु भयो । रु.७२ लाखको बजेटमध्ये वडा नम्बर १ मा रहेको शान्ति टोल, श्रीकृष्ठ टोलमा ९० मिटर सडक कालोपत्रे गर्नका लागी रु२० लाख छुट्याएको र कालोपत्रेको काम पनि लगभग सम्पन्न भइ सकेको वडा नम्बर १ का वडा अध्यक्ष कुवरले जानकारी दिनु भयो । साथै उहाले लक्षित वर्गलाई कृषि, खानेपानी, तटबन्धनको व्यवस्था लगायतका कार्यहरु सम्पन्न गर्नका लागी बजेट विनियोजन गरेको बताउनु भयो । वडा कार्यालयले वडामा रहेका विभिन्न टोलहरुमा गएर योजना संकलन गरेर त्यसबाट प्राथमिकता निर्धारण गरी योजना कार्यान्वयन गर्ने गरीएको उहाको भनाई छ । वडा अध्यक्ष कुवरले वडामा विभिन्न समस्या रहेको र ती समस्या समाधान गर्नका लागी बजेट नै अपुग भएकाले सबै क्षेत्रको विकासका लागी प्याकेज बनाएर काम गरी रहेको बताउनु भयो ।

Share.

About Author

Leave A Reply