कञ्चनपुरको भीमदत्त नगरपालिकाका सम्पुुर्ण वडाहरुमा अझै पनि शुद्ध खानेपानी पुगेन्

0

महेन्द्रनगर, बैशाख ३१
कञ्चनपुरको भीमदत्त नगरपालिकाका सम्पुुर्ण वडाहरुमा अझै पनि शुद्ध खानेपानी पुगेको छैन् । शुद्ध खानेपानी सम्पुर्ण वडाहरुमा पुर्याउने लक्ष्य रहेको भएपनि सबै वडाहरुमा शुद्ध खानेपानी पुर्याउन नसकिएको भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र बिष्टले जानकारी दिनु भयो । उहाले भीमदत्त नगरपालिकाका विभिन्न वडाहरुमा खानेपानीका योजनाहरु सञ्चालन भइ रहेका भएपनि अझै सम्पुर्ण नगरवासीहरुलाई शुद्ध खानेपानी पुर्याउन नसकिएको बताउनु भयो । भीमदत्त नगरपालिकाका वडा नम्बर ६, ८ र १० मा बसोबास गर्ने नागरीकहरुलाई शुद्ध खानेपानी पुर्याउनका लागी साढे ३४ करोडको योजना आएको बताउदै उहाले नगरपालिका भरी विभिन्न खानेपानीका योजनहरु सञ्चालन भइ रहेको नगर प्रमुख बिष्टले बताउनु भयो । भीमदत्त नगरपालिकाको वडा नम्बर ३ मा आदर्श खानेपानी योजना रहेको र सो योजनाबाट वडा नम्बर ६ का बासिन्दा समेत लाभान्वित भइ रहेको उहाले बताउनु भयो । जलवायु परीवर्तनको असर नेपालमा पनि परेको हुदा त्यसको प्रभाव पानीका स्रोतहरुमा परेकोले नगरपालिकाले सो कुरालाई मध्यनजर गर्दै नगरपालिका भित्र रहेका तालहरु, पोखरीहरु तथा कुण्डहरु भरणको काम गरी रहेको बताउनु भयो । जस अनुसार गत वर्ष मात्रै बाह्कुण्डा क्षेत्रमा रहेका १२ ओटै कुण्डहरु भरण गरीएको समेत उहाले बताउनु भयो । वडा नम्बर १० मा पनि खानेपानी योजना लागु गर्ने तयारीमा रहेको जनाइएको छ । साथै वडा नम्बर ५ मा पनि खानेपानीको योजनाको टेण्डर प्रक्रिया शुरु भइ सकेको बताउदै नगरप्रमुख बिष्टले वडा नम्बर २ मा पनि खानेपानीको योजना शुरु भइ रहेको बताउनु भयो । त्यसैगरी वडा नम्बर १६, १७ र १८ मा समेत खानेपानीका योजनाहरु सञ्चालन गर्ने तयारीमा नगरपालिका लागिरहेको र त्यसमा सुदुरपश्चिम प्रदेश सरकार र संघीय सरकारले समेत सहयोग गरी रहेको नगर प्रमुख विष्टको भनाई छ । कुनै कुनै वडाहरुमा भने खानेपानी योजना सञ्चालन गर्नका लागी जग्गाको अभाव रहेको उहाले बताउनु भयो ।

Share.

About Author

Leave A Reply