कञ्चनपुरको भीमदत्त नगरपालिकामा घुम्ती माटो परीक्षण शिविर अभियान सञ्चालन

0

महेन्द्रनगर, जेठ ६
कञ्चनपुरको भीमदत्त नगरपालिकामा घुम्ती माटो परीक्षण शिविर अभियान सञ्चालन गरिएको छ । भीमदत्त नगरपालिका कार्यालय र प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजना, परियोजना कार्यान्वयन इकाई धान जोन इकाईले माटो तथा मल परीक्षण प्रयोगशाला सुन्दरपुरको सहयोगमा शिविर सञ्चालन गरीएको हो । स्थानीय तहको निर्वाचनपछि नगरपालिकाका सबै किसानहरुलाई मध्यनजर गरी शिविर सञ्चालन गरिएको छ । भीमदत्त नगरपालिकाको वडा नम्बर २ बाट उद्घाटन गरिएको शिविर अन्र्तगत नगरपालिकाका १६ वडामा ६ सय जना किसानको माटो परीक्षण गरिएको छ । कस्तो माटोमा कुन खेती उपयुक्त हुन्छ, माटोको खाद्य शक्ति बढाउन के गर्नु पर्छ, उत्पादन कसरी बढाउन सकिन्छ लगायतका कुरामा किसानलाई सचेतना दिन नगरपालिकाका सबै वडाका किसानलाइ लक्षित गरी शिविर सञ्चालन गरिएको भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले बताउनु भयो । यो शिविरबाट किसानलाई माटो परीक्षण सम्बन्धी सचेतना बढ्ने र माटोको खाद्य शक्ति सुधार भएर उत्पादनबाट राम्रो लाभ लिन सक्ने विश्वास लिएको उहाले बताउनु भयो । माटो तथा मल परीक्षण प्रयोगशालाले यस अघि किसानको माटो परीक्षण गर्दै आए पनि स्थानीय तहको निर्वाचनपछि सबै वडाका किसानका लागि भीमदत्त नगरपालिकाले घुम्ती शिविर सञ्चालन गरेको हो । माटो तथा मल परीक्षण केन्द्रका वरिष्ठ माटो विज्ञ राम दरार यादवले माटो परीक्षणमा किसानहरु अपेक्षित सचेत नभएकाले शिविरबाट सचेतना वृद्धिमा टेवा पुग्ने बताउनु भयो । शिक्षित किसानहरु माटो परीक्षणमा सचेत देखिए पनि परीक्षणका लागि माटोको नमूना लिंदा नै समस्या हुने गरेको माटो विज्ञ यादवले बताउनु भयो । भीमदत्त नगरपालिकाका १२ ओटा वडामा गरिएको परीक्षणमा सबै ठाउँको माटोमा प्राङ्गारिक पदार्थ न्यून देखिएको छ । माटो परीक्षणका क्रममा वडा नं. ६ र ६ मा फोस्फोरसको मात्रा बढी देखिएको छ भने वडा नं. ३ मा कम देखिएको छ । डिएपी मलको अत्यधिक प्रयोगले फोस्फोरसको मात्रा बढी देखिएको हो । यसैगरी पोटास र नाइट्रोजनको मात्रा पनि कम पाइएको माटो विज्ञ यावदले बताउनु भयो । नगरपालिकाले वडामामा माटो परीक्षण सुरु गरेपछि किसानहरु विहानदेखि साँझसम्म माटो परीक्षण गरि रहेका छ ।

Share.

About Author

Leave A Reply