कञ्चनपुरको भीमदत्त नगरपालिकामा पटके व्यवसायीहरुले गत वर्षकै व्यवसाय कर तिर्ने

0

महेन्द्रनगर, श्रावण ४
कञ्चनपुरको भीमदत्त नगरपालिकामा पटके व्यवसायीहरुले गत वर्षकै व्यवसाय कर तिर्ने भएका छन् । नगरपालिकाकाको पँचौ नगर सभाले पटके व्यवसाय करलाई हेरेफर नगरी गत वर्षको करको दरलाई निरन्तरता दिएको छ । पटके व्यवसाय कर सहितको आर्थिक ऐन २०७६ गत असारमा पँचौ नगर सभाबाट पारित गरिएको थियो । आर्थिक ऐनको अनुसूची ३ मा व्यवसाय दर्ता तथा नविकरण दस्तुर अन्र्तगत पटके व्यवसाय कर तोकिएको छ । त्यसमा ७ व्यवसायलाई पट्के व्यवसाय अन्र्तगत राखिएको छ । पटके व्यवसायीका लागि न्यूनतम ८ रुपैयादेखि अधिकतम ९० सम्म व्यवसाय कर तोकिएको छ । सबैभन्दा कम हरियो तरकारी बिक्री गर्ने व्यवसायीलाई ८ रुपैँया तोकिएको छ । यसैगरी चाट, गोलगप्पा व्यवसायीलाई रु.९०, फलफूल तरकारी वा अन्य ठेला व्यवसायीलाई रु.४५, इन्जिनद्वारा फलफूलको रस र उखुको रस बेच्ने व्यवसायका लागि रु.४५, डि फ्रिज आइसक्रिम व्यवसायीलाइे रु. ३१, मेनरोडमा रेडिमेड कपडा व्यवसाय सञ्चालन गर्नेलाई रु.४५ र चाडपर्वमा मिठाई, मालापोते, पोष्टर बिक्री गर्नेलाई रु.७० रुपैया तोकिएको छ । सब्जीमण्डी तथा अन्य स्थानमा तरकारी लिलाम गरी बिक्री वितरणका लागि दैनिक सात सय रुपैया कर तोकिएको छ । भीमदत्त नगरपालिका राजश्व नीति तथा प्रशासन उप शाखाका नयाब सुब्बा नरेन्द्रदेब भट्टले गत वर्षको पटके व्यवसाय करलाई निरन्तरता दिएको बताउनु भयो । भीमदत्त नगरपालिकामा गत वर्ष २७ लाखमा पटके व्यवसाय करको ठेक्का दिइएको थियो । नगरपालिकाले यस वर्ष आन्तरिक स्रोतबाट १३ करोड ३४ लाख राजश्व संकलन गर्ने लक्ष्य लिएको छ ।

Share.

About Author

Leave A Reply