कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १९ मा बिहीबार राति आगजनी

0

महेन्द्रनगर, भाद्र २७
कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १९, बागफाँटास्थित वडा कार्यालयमा बिहीबार राति आगजनी गरिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार रातिको समयमा वडाध्यक्षको कार्यकक्षमा अज्ञात समूहले आगजनी गरेको हो । आगजनीबाट कार्यालयभित्र रहेका केही कागजात, फर्निचरका साथै वडाध्यक्षको कुर्चीमा क्षति पुगेको प्रहरीले जनाएको छ । आगजनी गरिएको स्थलमा नेत्रविक्रम चन्द नेतृत्व समूहको सात बुँदे असहमतिसहितको पर्चा भेटिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पर्चामा स्थानीय तहमा भ्रष्टाचार बढेको, छाडा पशुचौपायाको व्यवस्थापन नगरिएको र सडक पूर्वाधार लगायतका काममा बेवास्ता गरेको भन्दै असन्तुष्टि व्यक्त गरिएको छ । मध्यरातमा आगजनी गरिएको भए पनि प्रहरीले भने आज बिहान ६ बजे खबर पाएको थियो । आगजनी गर्ने समूहको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरिक्षक नरेन्द्र चन्दले जानकारी दिनु भएको छ । यसैबीच, कञ्चनपुरकै शुक्लाफाँटा नगरपालिकाका नगर प्रवक्ता जगतबहादुर सिंहको गाडीमा समेत अज्ञात समूहले आगजनी गरेको छ । शुक्लाफँटा नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष समेत रहनु भएका सिंहको बा २१ च ८५०७ नम्बरको कारमा आगजनी भएको हो । शुक्लाफाँटा नगरपालिका वडा नम्बर ५ वनसमितिस्थित डेरामा पार्किङ गरी राखिएको अवस्थामा गए राति करीब १ः०० बजेको समयमा आगजनी गरिएको प्रवक्ता सिंहले बताउनु भएको छ ।

Share.

About Author

Leave A Reply