कञ्चनपुरको भीमदत्त र बेदकोट नगरपालिकामा सरसफाई अभियान शुरु

0

महेन्द्रनगर, असोज १८
कञ्चनपुरको भीमदत्त र बेदकोट नगरपालिकामा सरसफाई अभियान शुरु गरीएको छ । काष्ठमाण्डपका सरसफाई अभियन्ता केपी खनालको उपस्थितिमा दुवै नगरपालिकाले आ–आफ्नो नगर क्षेत्रका सरसफाई गरेका छन् ।

भीमदत्त नगरपालिकाले ऐतिहासिक ब्रम्हदेब क्षेत्र, झोलुङ्गे पुल, महेन्द्रनगर मुख्य बजार सहित भम्केनी धाम क्षेत्रका सरसफाई गरेको छ भने, बेदकोट नगरपालिकाले पर्यटकिय गन्तव्य लिङ्गा क्षेत्रमा सरसफाई गरेको छ ।

भीमदत्त र बेदकोटको ऐतिहासिक, धार्मिक, पर्यटकिय एव बजार क्षेत्रमा सरसफाई गरिएका छन् । नेपाल पर्यटन भ्रमण बर्ष २०२० सफल पार्नका साथै दक्षिण एसियामै नेपाल खुला दिशामुक्त घोषणा गरिसंगै पूर्ण सरसफाईका लागि भन्दै अभियानकै रुपमा लिएको दुवै नगरपालिकाले जनाएका छन् ।

भीमदत्त नगरपालिकाले हरेक शनिबार सरोकारवालाको उपस्थितिमा पनि सरसफाई गर्दै आएको छ । भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले सार्वजनिक क्षेत्र चिटिक्क पार्नका लागि नागरिक जागरण ल्याउनका लागि सरसफाई अभियान थालिएको बताउनु भयो ।

स्वास्थ्य र पर्यटकको स्वागतका लागि सरसफाई गरिएको नगर प्रमुख विष्टको भनाई छ ।

Share.

About Author

Leave A Reply