कञ्चनपुरको भीममदत्त नगरपालिका क्षेत्रका बेरोजगार युवायुवतीलाई कुक, वेटर र केश श्रृङ्गार तालिम

0

महेन्द्रनगर, असार ३१
कञ्चनपुरको भीममदत्त नगरपालिका क्षेत्रका बेरोजगार युवायुवतीलाई कुक, वेटर र केश श्रृङ्गार तालिम दिईएको छ । व्यवसायिक तथा सीप विकास तालिम केन्द्रको आयोजनामा भीमत्त नगरपालिका र आर्दश नेपालले नगर क्षेत्रका युवा÷युवतीलाई उक्त तालिम दिएको हो । व्यवसायिक तथा सीप विकास तालिम केन्द महेन्द्रनगरका प्रमुख तर्कराज विष्टले युवाहरुलाई स्वरोजगार तर्फ उन्मुख गराउनका लागि उक्त तालिम दिएको बताउनु भयो । कार्यालय प्रमुख विष्टका अनुसार आर्दश नेपालसंगको समुवन्यमा गरिएको केश श्रृगांर तालिममा ३० जना महिलाको सहभागिता रहेको थियो । सो तालिम तीन महिनासम्म संचालन गरिएको थियो । एक कार्यक्रमका विच कुक र वेटर तालिमको समेत समापन गरिएको छ । ४५ दिने उक्त तालिमको सोमबार समापन गरिएको हो । कुकमा २० जना र वेटरमा १९ जनालाई तालिम दिईएको छ । तालिम समापन कार्यक्रमका प्रमुख अतिथि भीमदत्त नगरका प्रमुख सुरेन्द्र विष्टले तालिमबाट सिकेका विषयलाई व्यवहारिक कार्यान्वयन गर्दै रोजगारतर्फ उन्मुख हुन जोडदिनु भयो । कुक, वेटर र केश श्रृङ्गार तालिमका सहभागिले व्यवसाय गर्नेमा जोडदिएका छन् । कञ्चनपुर होटेल व्यवसायी संघका पर्यटन उपाध्यक्ष जगदिशचन्द्र भट्टको अध्यक्षतामा तालिमको समापन गरिएको थियो । व्यवसायिक तथा सीप विकास तालिम केन्द्रको आयोजनामा विभिन्न क्षेत्रमा तालिमको आयोजना गरिएको थियो । सहभागीहरुवाट आगमी दिनमा समेत थप सीपयुक्त तालिमको माग गरिएको जनाइएको छ ।

Share.

About Author

Leave A Reply