कञ्चनपुरको महेन्द्रनगरमा हुने प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताको तयारी पुरा

0

महेन्द्रनगर, असार ३

कञ्चनपुरको महेन्द्रनगरमा हुने प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताको तयारी पुरा भएको छ । आठ वर्षपछि राष्ट्रियस्तरको महिला प्रतियोगिताको तयारी पुरा भएको आयोजकले जनाको छ । महेन्द्र्रनगरको कर्बड हलमा भोलीदेखि प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिता सुरु हुदैछ । राष्ट्रिय खेलकुद परिषद्को सहकार्यमा आयोजना हुने प्रतियोगिता संचालनको सबै जिम्मेवारी स्थानीय खेलाडी लगायत महाकाली स्पोर्ट सोसाइटी लिएको छ । स्र्पोट सोसाईटीले आज मंगलबार महेन्द्रनगरमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको तयारी पुरा भईसकेको जनाएको छ । स्पोर्ट सोसाईटीका प्रमुख सुमन भट्टले प्रधानमन्त्री महिला क्रिकेट कपको सम्र्पुण तयारी पुरा भई सकेको बताउनु भयो । करिब ८८ लाख अुनमानित लागत रहेको उक्त प्रतियोगिताका लागि राष्ट्रिय खेलकुद परिषद्ले ३५ लाख बजेट निनियोजन गरेको छ भने बाकी बजेट आयोजकले प्रायेजनबाट संकलन गर्नेछ । प्रतियोगिताको विजेताले पाच लाख र उप विजेताले तीन लाख नगद तथा ट्रफ्री हात पर्नेछन् । भोली बुधबार घरेलु टोली सुदूरपश्चि र गण्डकी प्रदेश बिच खेल हुुनेछ । प्रतियोगिताको विजेताले पाँच लाख र उप विजेताले तीन लाख नगद तथा ट्रफ्री हात पर्नेछन् । सुदूरपश्चिम गत फागुनमा भएको मुख्यमन्त्री कपको विजेता तथा आठौँ राष्ट्रिय खेलकुद प्रतियोगीतामा तेस्रो स्थान हासिल गर्न सफल भएकोले सुदूरपश्चिमलाई उपाधी दाबेदारका रुपमा हेरिएको छ । प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिता महिला खेलाडीका लागि ठुलो अवसर भएको नेपाली क्रिकेट टिमका पुर्व प्रशिक्षक जगत टमटाले बताउनु भयो । उहाले नेपाली महिला क्रिकेट ठुलो सम्भावना बोकेकाले प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिता खेलाडीका लागि राम्रो अवसर रहेको बताउनु भयो । प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताको च्याम्पीयन बन्ने खेलाडीले दावि गरेका छन् । अन्र्तराष्ट्रिय स्तरका प्रतियोगितामा सहभागीता समेत जनाईसकेकी सुदूरपश्चिम टोलीका खेलाडी बिन्दु रावलले सुदूरपश्चिम च्याम्पीयन बन्नेमा विश्वस्थ रहेको बताउनु भयो ।

Share.

About Author

Leave A Reply