कञ्चनपुरको महेन्द्रनगर बजारमा ट्राफिक व्यवस्थापन अभियान सुरु

0

महेन्द्रनगर, भाद्र १
कञ्चनपुरको महेन्द्रनगर बजारमा ट्राफिक व्यवस्थापन अभियान सुरु गरिएको छ ।

भीमदत्त नगरपालिकाको अगुवाईमा वडा प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय, सामुदायिक प्रहरी सेवा केन्द्र र हेल्प नेपाल लगायतका संघ संस्थाले संयुक्त रुपमा अभियान अभियान सुरु गरेका छन् ।

महेन्द्रनगर बजारको गल्ली नं. ४ र ५ बाट आज आइतबार संयुक्त रुपमा अभियान सुरुवात गरिएको छ ।

यो अभियानका बजारका सबै गल्लीहरुमा सञ्चालन गरिने भएको छ ।

भीमदत्त नगरपालिकाका प्रवक्ता राजेन्द्र पाण्डेयले अव्यवस्थित सवारी पार्किङ्गले ट्राफिक व्यवस्थापनमा समस्या आएपछि अभियान सुरु गरिएको बताउनु भयो ।

दुबै गल्लीका व्यवसायी र बैंक तथा वित्तिय संस्थासंग कारोबार गर्ने व्यक्तिहरुलाई भित्री गल्लीमा सवारी पार्किङ्ग गर्न आग्रह गरिएको छ । सडक यात्रुलाई बढी समयका लागि भए भित्री गल्लीमा पार्किङ्ग गर्न अनुरोध गरिएको जनाइएको छ । महेन्द्रनगर बजारमा गल्ली नं. ५ सबैभन्दा बढी व्यस्त गल्ली हो ।

अव्यवस्थित पार्किङ्गले गल्ली नं. ५ मा ट्राफिक व्यवस्थापन असहज भएको छ । ट्राफिक व्यवस्थापनसंगै आज आइतबार सडक किनारमा राखिएका बालुवा, गिट्टी लगायतका निर्माण सामग्रीलाई समेत हटाइएको छ ।

हेल्प नेपालका अध्यक्ष चन्दले संयुक्त रुपमा सुरु गरिएको ट्राफिक व्यवस्थापन अभियान राम्रो भएको उल्लेख गर्दैै यसलाई निरन्तरता दिनु पर्नेमा जोड दिनु भयो ।

वडा प्रहरी कार्यालयका इन्चार्ज मोहनजङ्ग बुडथापा, सामुदायिक प्रहरी सेवा केन्द्रका बिमल खडायत, हेल्प नेपालका मदन बहादुर चन्द, ट्राफिक प्रहरी, नगर प्रहरी लगायत सरोकारवाला सहभागी भएका छन् ।

Share.

About Author

Leave A Reply