कञ्चनपुरको लालझाडी गाउपालिकाको वडा नं ५ को कार्यालयमा तालाबन्दी

0

महेन्द्रनगर, असोज २५
कञ्चनपुरको लालझाडी गाउपालिकाको वडा नं ५ को कार्यालयमा आज तालाबन्दी गरिएको छ । गाउपालिकाको स्वाथ्य शाखा अन्र्तगत रहि कार्य गर्ने गरी करारमा अनमि र ल्याव असिस्टेण्ट पदका लागि लिईएको परिक्षामा स्थानीयलाई ग्राह्यता नदिएको भन्दै स्थानिय बासिन्दाले तालाबन्दी गरेका हुन् । नीति नियम मिचेर परिक्षा पद्धती विपरित बाह्य क्षेत्रका परिक्षार्थीलाई परिक्षामा उत्तिर्ण गरेको आरोप लगाउदै तालाबन्दी गरिएको हो । लिखित र मौखिक दुवै परिक्षा लिनु पर्नेमा मौखिक परिक्षा मात्र लिई नियुक्त गर्ने कार्य गरिएको स्थानियको आरोप रहेको छ । माग पुरा नहुदासम्म तालाबन्दी जारि रहने स्थानिय राम बहादुर रानाले बताउनु भयो । यसैविच गाउपालिकाका अध्यक्ष मदनसेन वडायकले निष्पक्ष तरिकाले परिक्षा गरिएको निकिर गर्नु भएको छ । परिक्षाको नतिजा प्रकासन गरी उत्तिर्ण उम्मेदवारले शाखामा हाजिरि समेत गरि सकेको अबस्थामा तालाबन्दी गर्ने कार्य ठिक नभएको उहाले बताउनु भयो । गाउपालीकाको स्वास्थ्य शाखाले अनमि र ल्यावअसिस्टेण्ट पदको सेवा करार सम्बन्धि सुचनामै प्रारम्भीक र मौखिक परिक्षा लिने कुरा उल्लेख गरी परिक्षा लिइएको छ ।

Share.

About Author

Leave A Reply