कञ्चनपुरको वेदकोट नगरपालिकामा स्यानेटरी प्याड सहितको भेन्डिङ मेसिन जडान कार्य प्रारम्भ

0

महेन्द्रनगर, श्रावण २८
कञ्चनपुरको वेदकोट नगरपालिकाले स्यानेटरी प्याड सहितको भेन्डिङ मेसिन जडान कार्य प्रारम्भ गरेको छ । नगर भित्रका २४ वटा सामुदायिक विद्यालयहरुमा र ९ वटा स्वास्थ्य संस्थाहरुमा समेत गरी जम्मा ३३ स्थानमा स्यानेटरी प्याड भेन्डिङ मेसिन जडान कार्य शुरु गरिएको वेदकोट नगरपालिकाका नगरप्रमुख अशोक कुमार चन्दले जानकारी दिनु भयो । विद्यालयमा कार्यरत शिक्षिका, अध्ययनरत किशोरीहरु र स्वास्थ्य संस्थामा आउने जो कोही महिलाहरुलाई महिनावारी भएको समयमा सहजताका लागि वेदकोट नगरपालिकाले चालु आर्थिक वर्षमा स्यानेटरी प्याड सहितको भेन्डिङ मेसिन जडान गरी व्यवस्थापन गर्न रु. २५ लाख बजेट विनियोजन गरेको नगर प्रमुख चन्दले बताउनु भयो । पहिलो दिन वेदकोट स्थित भुवनेश्वरी माध्यमिक विद्यालय, नवदुर्गा आधारभुत विद्यालय, उदयदेव, र घटाल माध्यमिक विद्यायलमा मेसिन जडान गरिएको बेदकोट नगरपालिकाका सहजकर्ता प्रकाश कलौनीले बताउनु भयो । स्यानिटरी प्याड भेन्डिङ मेसिन जडान गरिएका विद्यालयहरुमा मास्टर कार्ड दिईएको छ । उक्त कार्ड मेसिन भित्र हालेपछि स्यानेटरी प्याड बाहिर निस्कने व्यवस्था गरिएको छ । प्याडका लागि मास्टर कार्डमा भने रिर्चाज गर्नु पर्ने हुन्छ ।

Share.

About Author

Leave A Reply