कञ्चनपुरको शुक्लाफाटा नगरपालिकामा समेत सम्पुर्ण नगरवासीहरुले शुद्ध खानेपानी अझै पिउन पाएन

0

महेन्द्रनगर, बैशाख ३१
कञ्चनपुरको शुक्लाफाटा नगरपालिकामा समेत सम्पुर्ण नगरवासीहरुले शुद्ध खानेपानी अझै पिउन पाएका छैनन् । शुक्लाफाटा नगरपालिकामा रहेका विभिन्न वडाहरुमा खानेपानीका योजनाहरु सञ्चालन भइ रहेका भएपनि सम्पुर्ण वडाहरुमा अझ्र शुद्ध खानेपानी पुर्याउन नसकिएको शुक्लाफाटा नगरपालिकाका नगरप्रमुख दिल बहादुर ऐरले जानकारी दिनु भयो । शुक्लाफाटा नगरपालिकाका १२ओटा वडाहरुमध्ये १० ओटा वडाहरुमा खानेपानीका विभिन्न योजनाहरु सञ्चालन भइ रहेको जनाइएको छ । वडा नम्बर ९ र १२ मा भने अझै खानेपानीका योजनाहरु सञ्चालन हुन नसकेकाले आगामी आर्थिक वर्षमा ती दुई वडाहरुमा समेत खानेपानीको योजना सञ्चालन गर्ने उहाले बताउनु भयो । ६३ हजार ४ सय ४४ जनसंख्या रहेको शुक्लाफाटा नगरपालिकामा खानेपानी योजनाहरु सञ्चालन गर्नका लागी आफुहरुले पहल गरी रहेको नगरप्रमुख ऐरले बताउनु भयो । एकैपटक सम्पुर्ण नगरवासीहरुलाई खानेपानी पुर्याउन नसकिने बताउदै नगर प्रमुख ऐरले वडा नम्बर १० मा १२ सय घरधुरीलाई शुद्ध खानेपानी पुर्याएको बताउनु भयो । साथै उहाले वडा नम्बर ४ मा खानेपानी योजना निर्माणाधीन रहेको, वडा नम्बर ५ मा योजना शुरु भइ रहेको, वडा नम्बर ११ मा ट्याकी निर्माणको काम भइ रहेको समेत बताउनु भयो । खानेपानी योजनाहरु सुदुरपश्चिम प्रदेश सरकारका अन्र्तगत रहेको खानेपानी विभाग र नरगपालिकाको समन्वयमा सञ्चालन भइ रहेको जनाइएको छ । खानेपानीको समस्या समाधानका निम्ती संघीय सरकारले के गरीरहेको छ भनी बुझ्दा, पहिले संघीय सरकार मातहत रहेका खानेपानीका केही योजनाहरु अहिले प्रदेश सरकार मातहत आएकाले खानेपानीका योजनाहरु सञ्चालन हुन समय लागेको प्रतिनिधी सभा सदस्य नर बहादुर धामीले बताउनु भएको छ । खानेपानी योजनाहरु बाडफाट गर्दा यो समस्या देखिएको भन्दै उहाले यो वर्षभित्र खानेपानी योजनाहरु कुन सरकारले सम्पन्न गर्ने भन्ने विषय टुङ्गिने समेत उहाले बताउनु भयो ।

Share.

About Author

Leave A Reply