कञ्चनपुरको शुक्लाफाटा नगरपालिकामा बाख्रा एक्कासी मर्न थाले

0

महेन्द्रनगर, श्रावण १२
कञ्चनपुरको शुक्लाफाटा नगरपालिकामा बाख्रा एक्कासी मर्न थालेपछि उपचार प्रक्रिया शुरु भएको छ । शुक्लाफाटा नगरपालिकाको वडा नम्बर ८ का भमरभोज, पारीफाटा टोलमा बाख्राहरुमा रोग देखा परेपछि उपचार प्रक्रिया शुरु भइ रहेको छ । रोग देखा पर्नासाथ पशु सेवा ज्ञान केन्द्र महेन्द्रनगर, शाखा कार्यालय शुक्लाफाटा नगरपालिका र कैलालीको धनगढीबाट समेत पशु विशेषज्ञको टोलीले उपचार गरी रहेको छ । बाख्रामा जटिल खालको भ्यागुते रोग देखा परेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । बाख्राहरुमा यो रोग देखा परेपछि बाख्रा छटपटाएर मरी रहेका छन् । रोग पत्ता लागि सकेकाले अहिले बाख्राहरुलाई खोप लगाउने र औषधी खुवाउने कार्य भइ रहेको हाम्रा सहकर्मी दानसिह डगौराले जानकारी दिनु भयो । अहिलेसम्म सो रोगबाट करीब ३५देखि ४० ओटा बाख्रा मरी सकेका छन् । पीडित किसानहरुको लगत संकलन गर्ने कार्य भइ रहेको र पीडितलाई क्षतिपुर्ति स्वरुप राहत वितरण गर्ने शुक्लाफाटा नगरपालिकाको वडा नम्बर ८ का वडा अध्यक्ष बहादुर सिह महराले बताउनु भयो ।

Share.

About Author

Leave A Reply