कञ्चनपुरमा अवैध रुपमा काटिएको काठ बरामद गर्न गएका वनका कर्मचारीमाथि कुटपिट

0

महेन्द्रनगर, असार १
कञ्चनपुरमा अवैध रुपमा काटिएको काठ बरामद गर्न गएका वनका कर्मचारीमाथि कुटपिट गरिएको छ ।

कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर १ को निगालीमा रहेको विशाल सामुदायिक वनबाट अवैध रुपमा काटिएको काठ तस्करी गर्ने क्रममा नियन्त्रणमा लिने क्रममा सव डिभिजन वन कार्यालय वाणीमा कार्यरत वन रक्षक जोखनलाल कडरियामाथि कुटपिट गरिएको हो ।

उहालाई सामुदायिक वनको अनुगमन समिति संयोजक धन बहादुर ठकुल्ला र वन उपभोक्ता समितिका सह–सचिव रमेश बहादुर बुढा लगायतका वनका पदाधिकारीले कुटपिट गरेको डिभिजन वन कार्यालय कञ्चनपुरले जनाएको छ ।

डिभिजन वन कार्यालयका सूचना अधिकारी गोपाल जोशीले अवैध रुपमा काठ काटेर लैजादै गरेको भन्ने सूचनाका आधारमा वनमा पुगेका वन रक्षक कडरियामाथि अनुगमन समितिका संयोजक ठकुल्ला र सह सचिव बुढा लगायतकाले कुटपिट गरेको बताउनु भयो ।

कडरियाको अहिले महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

तर वनका पदाधिकारीकै मिलेमतोमा तस्करी भइरहेको सात गोलिया काठ बरामद भने वनका कर्मचारीले गरेका छन् । यता डिभिजन वन कार्यालय कञ्चनपुरले कुटपिटको घटनाप्रती ध्यानाकर्षण भएको जनाएको छ ।

डिभिजन वन कार्यालयले प्रेस विज्ञप्ती जारी गर्दै कर्तव्य पालनको सिलसिलामा खटिएका कर्मचारीमाथि कुटपिट गर्ने वनका पदाधिकारीलाई कानुनी कारवाहीको माग गरिएको छ ।

घटनाका विषयमा अनुसन्धान भइ रहेकोले अनुसन्धान पछि मात्रै सबै कुरा थाहा हुने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

Share.

About Author

Leave A Reply