कञ्चनपुरमा एक जना कर्मचारीलाई कार्यालयबाटै प्रहरीले नियन्त्रणमा लियो

0

महेन्द्रनगर, असार ३१
कञ्चनपुरमा एक जना कर्मचारीलाई कार्यालयबाटै प्रहरीले नियन्त्रणमा लिएको छ । कञ्चनपुरको वेदकोट नगरपालिकाको वडा नम्बर ९ का वडा सचिव सुन्दर बोहरालाई कार्यालयमै मदिरा सेवन गरी लठ्ठ परेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक कृष्णानन्द भट्टले शुक्लाफाटा एफ्.एमलाई जानकारी दिनु भयो । मादक पदार्थ सेवन गरी वडा कार्यालयमा सेवाग्राहीलाई दुख दिइ रहेको भन्ने सुचनाका आधारमा वडा सचिव बोहरालाई पक्राउ गरीएको प्रहरी निरीक्षक भट्टले बताउनु भयो । महाकाली अञ्चल अस्पतालमा स्वास्थ्य परिक्षणपछि उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । मदिरा सेवन गरी कार्यालयमा सेवाग्राहीलाइ दुख दिइ रहेको फेला पारेपछि उनलाइ प्रहरीले पक्राउ गरेको वेदकोट नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष रामसिह धामीले शुक्लाफाटा एफ्.एमलाई जानकारी दिनु भयो ।

Share.

About Author

Leave A Reply