कञ्चनपुरमा खोला तर्न राजमार्ग नै पुग्नु पर्ने बाध्यता

0

महेन्द्रनगर, असार २१
कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १ र वडा नम्बर ३ मा पर्ने भासी खोलामा पायक पर्ने स्थानमा पुल नहुदा यहाका वासिन्दाहरुलाई खोला तर्न राजमार्ग नै पुग्नु पर्ने बाध्यता छ । भासी खोलमाथि राजमार्गमा मात्रै भासी पुल रहेकोले वडा नम्बर १ का र वडा नम्बर ३ का वासिन्दाहरुलाई विशेष गरी वर्खाको समयमा खोला तर्नकै लागि राजमार्गको भासी पुलमा पुग्नु पर्ने बाध्यता रहेको छ । त्यसैगरी वडा नम्बर १ का विद्यार्थीहरुलाई वडा नम्बर ३ मा रहेको विद्यालयमा जान र वडा नम्बर ३ का विद्यार्थीहरुलाई वडा नम्बर १ मा रहेको विद्यालयमा आउनजान समस्या हुने गरेको छ । भीमदत्त नगरपालिकाको वडा नम्बर ३ का विद्यार्थी नेहा चौधरीले भासी खोलमा पुल नहुदा आफुलाई वडा नम्बर १ राजीपुरमा रहेको जेसिज माध्यमिक विद्यालयमा पढ्न जान खोला तर्नु पर्ने वाध्यता रहेको बताउदे वर्षातको समयमा पुरे गाउ घुमेर राजमार्गको भासी पुलमा पुगेर विद्यालय आउनजान पर्ने समस्या रहेको बताउनु भयो । यसैगरी वडा नम्बर १ का ललिता उरावले आफ्नो छोरालाई वडा नम्बर ३ मा रहेको मोडर्न पब्लिक विद्यालयमा पढ्न पुर्याउन जादा भासी खोलमा पुल नहुदा आफूलाइ समस्या हुने गरेको बताउनु भयो । यस्तै वडा नम्बर १ का दुध, तरकारी तथा दाउरा बिक्रि गर्न आउनेहरुले भासी खोलमा पुल नहुदा आफुहरुलाई करीब दोब्बर दुरी पार गरेर सो स्थानहरुमा पुग्नु परेको बताएका छन् । यस विषयमा वडा नम्बर १ का वडा अध्यक्ष आसेफ कुवरसंग बुझ्दा उहाले वडा नम्बर १ र ३ का स्थानियहरुलाइ सो समस्या रहेको बताउदे काठेपुल भएपनि निर्माण गर्न पहल गर्ने बताउनु भयो । उहाले ३ ओटा सडकका लागि छुट्याएको बजेटमध्येवाट टेण्डर प्रकृयावाट सडक निर्माणका लागि ठेक्का दिदा बच्ने रकमबाट भासी खोलामा काठको पुल निर्माण गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । त्यस्तै वडा नम्बर ३ का वडा अध्यक्ष राम बहादुर जप्रेले तिलकपुरको विश्वकर्मा मन्दिर नजिकै भासी खोलामा सुदुरपश्चिम प्रदेश सरकारले पुल निर्माण गर्ने जनाएको बताउनु भयो । भीमदत्त नगरपालिकाको वडा नम्बर १ र ३ को सीमा छुट्याउने भासी खोलामा पुल नहुदा वडाहरु नजिक हुदाहुदै पनि टाडिएका जस्ता भएका छन् ।

Share.

About Author

Leave A Reply