कञ्चनपुरमा महिलामाथि दुव्र्यवहार गर्ने वीङ्गर चालकलाई प्रहरीले पक्राउ गरी कार्वाही प्रक्रिया शुरु

0

महेन्द्रनगर, जेठ १७
कञ्चनपुरमा महिलामाथि दुव्र्यवहार गर्ने वीङ्गर चालकलाई प्रहरीले पक्राउ गरी कार्वाही प्रक्रिया शुरु गरेको छ ।

आज कञ्चनपुरको महेन्द्रनगर ट्राफिक चोकमा से १ ज १०९४ नम्बरको वीङ्गर गाडीका चालक गोकुल बोहोराले सडकमै महिलामाथि कुटपिट गरेपछि उनलाई प्रहरीले पक्राउ गरी कार्बाहरी प्रक्रिया अगाडि बढाइएको जिल्ला ट्राफिक कार्यालय कञ्चनपुरका प्रमुख भरत शाहले शुक्लाफटा एफ्.एमलाई जाकारी दिनु भयो ।

वीङ्गर गाडीका चालक बोहोराले भाडाको विषयमा भएको विवादका क्रममा अपशब्द प्रयोग गरी दुव्र्यवहार गर्दै कैलाली धनगढीका लक्ष्मी धनाडीमाथि कुटपिट गरेको प्रहरीले जनाएको छ ।

धनगढीदेखि महेन्द्रनगरको एक सय ४० रुपैया भाडा भएपनि चालकले दुई सय मागेको तर महिलाले दिन नमानेपछि चालकले गालीगलौज गर्दै कुटपिट गरेको प्रहरीको भनाई छ । चालकले अन्य यात्रुबाट समेत बढि भाडा असुलेको बुझिएको छ ।

सो घटनापछि जिल्ला ट्राफिक कार्यालय कञ्चनपुरका प्रमुख भरत शाहले अन्य वीङ्गर गाडीका चालकहरुलाई यातायातका साधनहरुमा यात्रुहरुसंग कस्तो व्यवहार गर्ने भन्ने विषयमा छलफल समेत गर्नु भएको थियो ।

Share.

About Author

Leave A Reply