कञ्चनपुरमा यात्रु र ग्राहक खोसाखोस गर्ने १४ जनालाई सार्वजनिक मुद्दा

0

महेन्द्रनगर, भाद्र २
कञ्चनपुरमा यात्रु र ग्राहक खोसाखोस गर्ने १४ जनालाई सार्वजनिक मुद्दा लागेपछि उक्त प्रवृत्तिमा केही सुधार आएको जनाइएको छ । जिल्ला प्रशासन कार्यालयले तीन महिना पहिले यात्रु खोसाखोस गरी जवरजस्ती आफ्नो गाडीमा चढ्न र होटलमा बस्न बाध्य बनाउने १४ जनालाई सार्वजनिक मुद्दा लगाएपछि उक्त प्रवृत्ति निरुत्साहित हुँदै गएको सामुदायिक प्रहरी सेवा केन्द्र महेन्द्रनगरका अध्यक्ष कृष्ण बहादुर बोगटीले बताउनु भयो । भीमदत्त नगरपालिका, जिल्ला ट्राफिक प्रहरी कार्यालय, सामुदायिक प्रहरी सेवा केन्द्र लगायतका संघसंस्थाको सक्रियतामा यात्रु र ग्राहक खोसाखोस गर्ने व्यवसायी र कामदारलाई सार्वजनिक मुद्दा लगाईएको बोगटीले बताउनु भयो । यी संस्थाहरुले मिलेर नगर क्षेत्रमा चलाउँदै आएका जनचेतनामुलक कार्यक्रमले पनि पछिल्ले समय यात्रु र ग्राहक खोसाखोस गर्ने प्रवृत्ति धेरै हदसम्म कम भएको छ । आजभोली महेन्द्र नगरको वसपार्कमा यात्रु र गा्रहक तानातान गर्ने प्रवृत्ती हराएको छ । वडा प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख, प्रहरी निरिक्षक मोहनसिंह बुढथापाले छ जना होटल व्यवसायी र आठ जना यातायात व्यवसायी तथा कामदारहरुलाई जिल्ला प्रशासनले सार्वजनिक मुद्दा चलाएको जानकारी दिनु भयो । उहाले यात्रु र ग्राहकमाथि जबरजस्ती गर्नेहरुलाई सार्वजनिक मुद्दा दर्ता गरी कारवाही गरेपछि अहिले सुधार भएको बताउनु भयो ।’जिल्ला प्रशासनले त्यस्ता गतिविधिमा संलग्न व्यक्तिहरुलाई कारवाही स्वरुप जरिवाना तिराएको प्रहरीले जनाएको छ। यसैगरी यात्रु र गा्रहक खोसाखोस गर्ने प्रवृतीलाइ नियन्त्रण गर्न प्रहरी, यातायात व्यवसायी र होटेल व्यवसायी संघ कंचनपुले सय’क्त रुपमा सम’न्य गरी कार्य गरको होटेल व्यवसायी संघ कंचनपुरका अध्यक्ष परमानन्द भण्डारीले जानकारी दिुन भएको छ ।

Share.

About Author

Leave A Reply