कञ्चनपुरमा रहेका बैक र वित्तीय संस्थाहरुसंग उद्योग वाणिज्य संघ कञ्चनपुरको अन्र्तक्रिया

0

महेन्द्रनगर, बैशाख २६
उद्योग वाणिज्य संघ कञ्चनपुरले कञ्चनपुरवासीहरुलाई आर्थिक सम्वृद्धितिर लैजानका लागी के कस्ता कार्यहरु गर्न सकिन्छ भन्ने विषयमा कञ्चनपुरमा रहेका बैक र वित्तीय संस्थाहरुसंग अन्र्तक्रिया गरेको छ । आज एक कार्यक्रमको आयोजना गरी उद्योग वाणिज्य संघ कञ्चनपुरले बैक तथा वित्तीय संघ संस्थाहरुले प्रदान गर्ने सेवालाइ सहज बनाउन आग्रह गरेको छ । ऋण प्रवाह गर्दा सहज तरीकाले प्रवाह गर्न, कुनै पनि व्यक्तिको धितोमा रहेको सम्पति लिलाम गर्नु भन्दा पहिले उद्योग वाणिज्य संघसंग समन्वय गर्न समेत आग्रह गरेको छ । साथै अन्र्तक्रिया कार्यक्रममा बैकहरु शहर केन्द्रित भएका कारण ग्रामीण क्षेत्रमा समेत सेवा विस्तार गर्नुपर्ने सरोकारवालाहरुले धारणा राखेका थिए ।

Share.

About Author

Leave A Reply