कञ्चनपुरमा शिक्षकको कुटाईबाट घाईते भएका विद्यार्थीको ज्यान गयो

0

महेन्द्रनगर, असार २५
कञ्चनपुरमा शिक्षकको कुटाईबाट घाईते भएका विद्यार्थीको ज्यान गएको छ । शिक्षकको कुटाईबाट घाईते भएका कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्वर १७ मझगाउँको महाकाली बाल विद्यालयका छात्र माधव कलौनीको भारतमा उपचारका क्रममा ज्यान गएको हो । उनलाई उपचारका लागि डडेल्धुराको उपक्षेत्रीय अस्पताल, महाकाली, सेती, नेपालगन्जको शिक्षण अस्पताल हुँदै भारत पुर्याइएको थियो । कुटपिटबाट कलौनीको टाउको, छातीमा चोट लागेको थियो भने दायाँखुट्टा समेत भाचिएको थियो । विद्यार्थीको ज्यान गएपछि सो विद्यालयका शिक्षकहरुको सुरक्षार्थ ३ जना शिक्षकहरुलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जिल्ला प्रहरी कार्यालयमा राखेको छ । विद्यार्थीको ज्यान गएपछि आक्रोसित व्यक्तिहरुले शिक्षकहरुमाथि दुव्र्यहार गर्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै शिक्षकहरुलाई जिल्ला प्रहरी कार्यालयमा ल्याइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका ईन्सपेक्टर कृष्णानन्द भट्टले शुक्लाफाटा एफ्.एमलाई जानकारी दिनु भयो ।घटना वारे अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।

Share.

About Author

Leave A Reply