कञ्चनपुरमा सेवाग्राहीबाट पाँच हजार घुस लिदै गर्दा एक प्रहरी जवान पक्राउ

0

महेन्द्रनगर, कार्तिक ६
कञ्चनपुरमा सेवाग्राहीबाट पाँच हजार घुस लिदै गर्दा एक प्रहरी जवान पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय महेन्द्रनगरले पश्चिमी सीमा नाका गड्डाचौकीबाट सेवाग्राहीबाट लिएको घुस रकम सहित प्रहरी जवान दिपक चौधरीलाई पक्राउ गरेको हो।

अख्तियारका प्रवक्ता टोपबहादुर विष्टले ईलाका प्रहरी कार्यालय गड्डाचौकीमा कार्यरत प्रहरी जवान चौधरीलाई घुस रकम सहित रंगेहात पक्राउ गरिएको जानकारी दिए। उनले भारतबाट ल्याउने सामानमा भन्सार मिलाईदिने भन्दै सेवाग्राहीबाट घुस लिएको विष्टले बताए।

Share.

About Author

Leave A Reply