कञ्चनपुरमा ६ ओटा स्थानीय तहले छाडा पशुचौपाया व्यवस्थापनका लागि अढाई करोड खर्च

0

महेन्द्रनगर, भाद्र २
गत आर्थिक वर्षमा कञ्चनपुरका ६ ओटा स्थानीय तहले छाडा पशुचौपाया व्यवस्थापनका लागि अढाई करोड खर्च गरिसकेको बताएका छन् । स्थानीय तहले गत आर्थिक वर्षमा छाडा पशुचौपाया नियन्त्रणका लागि बजेट विनियोजन गरेका थिए । गत वर्ष ६ स्थानीय तहको दुई करोड ५४ लाख ५० हजार खर्च भएको देखिएको छ । महाकाली नगरपालिकाले १० लाख, शुक्लाफाँटा नगरपालिकाले ४० लाख खर्च गरेको थियो। त्यस्तै, भीमदत्त नगरपालिकाले एक करोड, वेदकोट नगरपालिकाले ४० लाख, कृष्णपुर नगरपालिकाले २८ लाख र बेलडाँडी गाउँपालिकाले १० लाख रुपैयाँ खर्च गरेका थिए। तर, समस्या जस्ताको त्यस्तै छ। छाडा चौपाया व्यवस्थापन हुन नसक्दा कृषकहरु रातभर जाग्राम वस्न वाध्य भएका छन् । आफूले लगाएको धानवालीमा छाडा चौपायाले नोक्सान पुर्याएको भिमदत्त नगरपालिका वडा नम्वर ११ का कृषक हिरा शर्माले बताउदै कयौ रातदेखी सुत्न नपाएको गुनासो गर्नु भयो । राती स’त्ने हो भने खेतमा लगाएको धन छाडा चौपायाले खाइदिने भएकोले आफुहरु रात भरी जाग्राम वस्ने गरेको भिमदत्त नगरपालिका वडा नम्वर ११ कै जमुना देवी सुनारले बताउनु भयो । गहुको समयमा लगाएको गहु समेत भित्रयाउन नपाएको गुनासो गर्दै जमुना देवी सुनारले छाडा चौपायाले अव धान भित्रयाउन पनि दिन्छ वा दिदैन भन्ने पीर आफुलाइ सताएको वताउनु भएको छ । छाडा पशु चौपायाले एकातिर लगाएको अन्न वालीहरुमा क्षती पुरएको छ भने अर्कोतिर राजमार्गमा सडक दुर्घटनाको जोखिम पनि उत्तिकै वडाएको छ । खेतवारीवाट लखेटिएका छाडा पशु चौपाया सबै सडकमै पुग्ने गरेका कारण पनि सडक दुर्घटनाको जोखिम पनि उच्च रहेको छ ।

Share.

About Author

Leave A Reply