कञ्चनपुरसहित सुदूरपश्चिमका पांच जिल्लामा आउँदो मंसिरमा उप–निर्वाचन हुने

0

महेन्द्रनगर, कार्तिक ४
कञ्चनपुरसहित सुदूरपश्चिमका पांच जिल्लामा आउँदो मंसिरमा उप–निर्वाचन हुने भएको छ । सुदूरपश्चिमका बैतडी, डोटी, अछाम , बाजुरा र कञ्चनपुर जिल्लाका सात वडामा उप–निर्वाचन हुने भएको हो ।

वडा अध्यक्षविहीन रहेको बैतडीको पुर्चौडी नगरपालिका वडा नं ४, सुर्नया गाउँपालिका १, दोगडाकेदार गाउँपालिका ४, डोटीको आदर्श गाउँपालिका २, अछामको मेल्लेख गाउँपालिका ५, बाजुराको त्रिवेणी नगरपालिका १ र कञ्चनपुरको पुर्नवास नगरपालिका वडा नम्बर ३ मा उप–निर्वाचन हुने निर्वाचन आयोगले जनाएको छ ।

बैतडीको पुर्चौडी नगरपालिका वडा नम्बर ४ का अध्यक्ष गौतम प्रसाद भट्ट, सुर्नया गाउँपालिका १ का अध्यक्ष कलसबहादुर चन्द, दोगडाकेदार गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष मान बहादुर विष्टको मृत्यु भई पद रिक्त रहेको छ ।

यस्तै डोटीको आदर्श गाउँपालिका वडा नम्बर २ का अध्यक्ष पदम सिह बोहोरा, अछामको मेल्लेख गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष राम बहादुर बोहोरा, बाजुराको त्रिवेणी नगरपालिका वडा नम्बर १ का अध्यक्ष खम्म दमाईंको पनि मृत्यु भईसकेकाले उपनिर्वाचन हुनेछ ।

यसका साथै कञ्चनपुरको पुर्नवास नगरपालिका वडा नम्बर ३ मा निर्वा्िचत भएका वडा अध्यक्ष फैरु तामाङ जिल्ला समन्वय समितिको प्रमुख भएकाले उप–निर्वाचन हुने जनाएको छ । उपनिर्वाचनका यहाँका विभिन्न पार्टीले आन्तरिक तयारी थालिसकेका छन् ।

Share.

About Author

Leave A Reply