कन्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाह्रसिंगे घट्दै

0

महेन्द्रनगर, भाद्र ३
कन्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाह्रसिंगे घट्दै गएको छ । निकुञ्जमा पाँच वर्षअघि गणना गरिएको तुलनामा बाह्रसिंगेको संख्या घट्दै गएको हो । निकुञ्ज कार्यालय कन्चनपुरको तथ्यांकअनुसार सन् २०१४ भन्दा २०१९ मा ५५ बाह्रसिंगे घटेका छन । सन् २०१४ मा बाह्रसिंगेको संख्या २३ सय एक थियो भने हाल दुई हजार दुई सय ४६ मात्रै रहेको तथ्यांक छ । अहिलेको गणनाअनुसार तीन सय ८३ भाले, १२ सय आठ पोथी वयस्क, एक सय ३९ अर्धवयस्क भाले, तीन सय १५ अर्धवयस्क पोथी र दुई सय एक पाठापाठी रहेका छन । अघिल्लो वर्षको गणनामा बढ्दै गए पनि अहिले घटेको निकुञ्ज कार्यालयले जनाएको छ । विश्वकै प्रख्यात बाह्रसिंगे झुण्डको रूपमा रहेको शुक्लाफाँटाको घाँसेमैदानमा बाह्रसिंगेको संख्यामा कमी आएपछि संरक्षणमा लापरबाही भएको हो वा कसैले मारेर खाए भनी भन्ने चिन्ता गरिएको छ । वातावरणीय प्रभावका कारण बाह्रसिंगेको संख्या घटेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत लक्ष्मणप्रसाद पौडेलले बताउनु भयो  । उहाका अनुसार जलवायुका कारण पनि बाह्रसिंगेको संख्या कहिले घट्ने कहिले बढ्ने हुने गरेको छ । तर, निकुञ्जभित्र बाह्रसिंगेका लागि चाहिने प्रसस्त आहार, बस्ने बासस्थानमा भने कुनै कमी नभएको उहाको दाबी छ । शुक्लाफाँटामा सन् २००७ देखि बाह्रसिंगेको गणना सुरु गरिएको थियो । सन् ००७ मा एक हजार ६ सय ७४, २०१० मा एक हजार सात सय ३७, २०११ मा एक हजार सात सय ४३, ०१२ मा एक हजार आठ सय २५, ०१३ मा दुई हजार एक सय ७०, ०१४ मा दुई हजार दुई सय एक थिए भने २०१९ मा दुई हजार दुई सय ४६ बाह्रसिंगे रहेका छन् ।

Share.

About Author

Leave A Reply