कपडा बैंकका लागि कपडा संकलन गर्न धनगढीका चोकहरुमा गाडी

0

महेन्द्रनगर, श्रावण २५
कैलालीको धनगढी उप–महानगरपालिका वडा नम्बर ४ शिवपुरी धाममा रहेको कपडा बैंकका लागि कपडा संकलन गर्न धनगढीका चोकहरुमा गाडी राखिएको छ । धनगढी ट्राफिक चौराह, एनएन चोक र क्याम्पस चोकमा गाडी राखिएको हो । बिहान ८ बजे देखि १० बजे सम्म गाडी तीन चोकमा हुन्छन् । पुराना तर लगाउन मिल्ने लुगा–कपडाहरु निःशुल्क वितरणका लागि संकलन गर्न लागिएको हो । सोमवार उद्धघाटन गरिएको कपडा बैंकका लागि कपडा संकलन गर्न से.१ च २१५१ नम्बरको गाडी ट्राफिक चौराहमा, से. १ च २१५२ नम्बरको गाडी एलएन चोक र से.१ च २२११ नम्बरको गाडी क्याम्पस चोकमा राखिएको छ । कपडा बैंकमा कपडा दान गर्न सबैलाई सञ्चालक गोपाल हमालले आग्रह गर्नु भएको छ । उहाले संकलन भएको कपडा बैक मार्फत वितरण हुने बताउनु भयो । बैंक दैनिक विहान ८ बजेदेखि १० तथा साझ ५ देखि ७ बजे सम्म खुल्ला हुन्छ । बैंकबाट आवश्यक परेका लुगाकपडा संगै अन्य दैनिक जिवनमा प्रयोगमा आउने सामाग्रीहरु संकलन र वितरण भइरहेको छ ।

Share.

About Author

Leave A Reply