कमलरीहरुलाई अविलम्ब परिचय पत्र वितरण गर्नु पर्ने माग

0

महेन्द्रनगर, जेठ ३०
कमलरी विकास मञ्च जिल्ला कार्य समिति कचंनपुरले कमलरी बस्न बाध्य रहेका कमलरीहरुलाई अविलम्ब परिचय पत्र वितरण गर्नु पर्ने माग गर्दै भुमि सुधार कार्यालयलाई ज्ञापन पत्र बुझाएको छ । कमलरीहरुलाई सरकारद्धारा अविलम्ब परिचय पत्र दिइनुपर्ने, परिचय पत्र वितरण प्रक्रिया सजिलो बनाइदिनु पर्ने, कमलरीहरुलाई सीपमुलक तालिम प्रदान गरिदिनु पर्ने लगायतका मागहरु राख्दै ज्ञापन पत्र बुझाएको कमलरी विकास मञ्च जिल्ला कार्य समिति कचंनपुरका सचिव शान्ति चौधरीले बताउनुभयो ।

 

 

 

Share.

About Author

Leave A Reply