कांग्रेसको जागरण अभियान सरकारविरुद्ध प्रदर्शन गर्दै मंगलबार सम्पन्न

0

महेन्द्रनगर, असोज ७
देभभरीका प्रदेशसभा निर्वाचन क्षेत्रहरुमा बिरुवा रोपेर सुरु भएको कांग्रेसको जागरण अभियान ७७ वटै जिल्लामा सरकारविरुद्ध प्रदर्शन गर्दै आज मंगलबार सम्पन्न भएको छ ।

जननायक वीपी कोइरालाको १०६ औं जन्म जयन्तिको अवसर पारेर कांग्रेसले भदौ २४ गतेबाट ‘हिमाल, पहाड, तराई–मधेश (हिपतम) जागरण’ नाम दिएर दोस्रो चरणको अभियान सुरु गरेको थियो ।

अभियानको उद्घाटनका दिन कांग्रेसले तीन सय ३० वटै प्रदेशसभा निर्वाचन क्षेत्रहरुमा एक सय छ बिरुवाका दरले वृक्षरोपण गरेको थियो । यसैबिच धनगढीमा पनि कांग्रेसले सरकारविरुद्ध प्रदर्शन गरेको छ ।
नेपाली कांग्रेसका उप–सभापती बिमलेन्द्र निधिले संबिधान र लोकतन्त्रमाथि सरकारबाटै खतारा बढेको बताएका छन्। धनगढीमा आयोजित काँग्रेसको जगारण अभियान समापन तथा विरोध प्रदर्शन कार्यक्रममा बोल्दै उहाले सो कुरा बताएका हुन्।

सरकारले जनाताका पक्षमा कुनै पनि काम गर्न नसकेको बताउदै निधिले सरकारका बिरुद्ध अब जनताले जाग्नु पर्ने बेला आएको बताए ।

कार्यक्रममा पार्टीकी पूर्व सचेतक ईश्वरी न्यौपाने, नेतृ आर्जु राणा देउवा, धनगढी उप–महानगरपालिकाका मेयर नृपबहादुर वड लगायतले सम्बोधन गरेको थिए। उनीहरुले सरकार भ्रष्टाचारमा लिप्त भएको आरोप लगाएका छन्।

Share.

About Author

Leave A Reply