कृषि पेशालाई आधुनिकीकरण गर्न कचंनपुरको बेलौरी नगरपालिकाका किसानलाई कृषि यन्त्र खरिदका लागि ५८ लाख रुपैयाँ अनुदान

0

महेन्द्रनगर, असार, ९
कृषि पेशालाई आधुनिकीकरण गर्न कचंनपुरको बेलौरी नगरपालिकाका किसानलाई कृषि यन्त्र खरिदका लागि ५८ लाख रुपैयाँ अनुदान प्रदान गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजना अन्तर्गत नगरपालिकाको कृषि विकास शाखाले सञ्चालन गरेको धान, गहु, उखु र तरकारी बाली पकेट विकास कार्यक्रमका लागि कृषि यन्त्र खरिदमा अनुदान रकम प्रदान गरेको हो । कृषि यन्त्र खरिदका लागि शाखाबाट प्रति पकेट क्षेत्र बराबर दुई लाख ९० हजार रुपैया बराबरको अनुदान रकम उपलब्ध गराइएको हो । उक्त रकममा किसानले अनुदान बराबरकै रकम थप गरेर आवश्यक कृषि यन्त्र खरिद गरेका छन् । अनुदान रकमबाट किसानले पावर टिलर, मिनी पावर टिलर, रोटाभेटर, टे«न्चर, डिस्क हैरु, हैरु, पानी तान्ने मोटर र डिजेल इन्जन खरिद गरेको शाखाका प्रमुख रणबहादुर मल्ले बताउनुभयो । नगरपालिका क्षेत्रमा शाखाले विभिन्न बालीका २० वटा पकेट क्षेत्र बनाएको छ। १० हेक्टर क्षेत्रफल बराबर एक पटेक क्षेत्र निर्धारण गरिएको छ । प्रतिपकेटमा २५ देखि ३० किसान आवद्ध छन् । कृषि यन्त्रको अनुदानबाट २०० हेक्टर जग्गामा खेती गर्ने करिब ५०० किसान लाभान्वित भएका छन् । सोही परियोजनाको साना सिंचाइ कार्यक्रम अन्तर्गत किसानलाई सिचाइ सुविधा उपलब्ध गराउन ५० हजार रुपैयाका दरले चार वटा विद्युतीय मोटर खरिदका लागि सहयोग गरिएको छ । बीउविजन र मल खरिदका लागि लागत मूल्यको ५० प्रतिशत रकम अनुदान स्वरुप दिइएको छ ।

 

 

Share.

About Author

Leave A Reply