कृष्णपुर नगरपालिकाले आर्थिक वर्ष २०७५)७६ मा करीब ७१ प्रतिशत बजेट खर्च

0

महेन्द्रनगर, श्रावण ५
कञ्चनपुरको कृष्णपुर नगरपालिकाले आर्थिक वर्ष २०७५)७६ मा करीब ७१ प्रतिशत बजेट खर्च गरेको छ । आर्थिक वर्ष २०७५)७६ मा रु. ६६ करोड ३५ लाख ५५ हजार ९ सय ९१ को कुल बजेट ल्याएको कृष्णपुर नगरपालिकाले आर्थिक वर्षको अन्त्यसम्म क’ल ७० दशमलव ९९ प्रतिशत बजेट खर्च गरेको नगरपालिकाको लेखा शाखाका लेखा अधिकृत खेमराज ओझाले शुक्लाफाटा एफ्.एमलाई जानकारी दिनु भयो । कृष्णपुर नगरपालिकाले आर्थिक वर्ष २०७५)७६ मा चालु तर्फ रु.३६ करोड ९१ लाख ४४ हजार ७ सय बजेट ल्याएको नगरपालिकाले रु.३१ करोड ७९ लाख ३० हजार २ सय ८ रुपैया ९२ पैसा मात्रै खर्च गरेको छ, जुन चाुल तर्फको बजेटको ८६ दशमलव १३ प्रतिशत मात्रै हो । त्यसैगरी पुजीगत तर्फ रु.२९ करोड ४४ लाख ११ हजार २ सय ३३ रुपैया बजेट ल्याएको नगरपालिकाले रु. १५ करोड ३१ लाख ५५ हजार ४ सय ८२ रुपैया २७ पैसा बजेट खर्च गरेको छ, जुन पुजीगत बजेटको ५२ दशमलव ०२ प्रतिशत मात्रै खर्च हो । नगरपालिकाको रु. ३ करोड ४३ लाख ९५ हजार ९ सय ३१ रुपैया ०९ पैसा बजेट रकम फ्रिज गएको छ । उक्त फ्रिज भएको रकम कोष तथा लेखा नियन्त्रण कार्यालयमा बुझाइएको लेखा अधिकृत ओझाले बताउनु भयो । समय समयमा प्रमुख प्रशासकिय अधिकृत परीवर्तन भएकाले पनि बजेट फ्रिज गएको उहाले बताउनु भयो । कृष्णपुर नगरपालिकाबाट २०७५ सालको चैतमा प्रमुख प्रशासकिय अधिकृत मेघनाथ रिजाल सरुवा भएर गएका थिए । त्यसपश्चात बैशाखमा प्रमुख प्रशासकिय अधिकृत सिद्धराज जोशी आएका थिए उनको पनि मध्य असारमा सरुवा भएपछि अहिले निमित्त प्रमुख प्रसाकिय अधिकृत विष्णुदत्त भट्ट रहनु भएको छ ।

Share.

About Author

Leave A Reply