कैलालीको गोदावरीमा जीप दुर्घटना हुदा चार जना घाईते

0

महेन्द्रनगर, श्रावण २५
कैलालीको गोदावरीमा जीप दुर्घटना हुदा चार जना घाईते भएका छन् । धनगढीबाट डोटीको सिलगढी तर्फ गईरहेको भे १ च ११६ नम्वरको जीप गोदावरी नगरपालीका वडा नम्बर–४ स्थित पैतीसको मोड भन्ने ठाउमा दुर्घटना हुदा चार जना घाईते भएका हुन् । बैतडीको दशरथचन्द नगरपालीका वडा नम्बर १ का देवसिंह टेर, उनकी श्रीमती जानकी, छोरी गायत्री र सोही ठाउका गणेशसिंह टेर घाईते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनिहरुको अत्तरीया स्थित पदमा अस्पतालमा उपचार भईरहेको र अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरिक्षक प्रकास डाँगीले शुक्लाफाटा एफ्.एमलाई जानकारी दिनु भयो । साथै प्रहरीले चालकहरुलाइ नियन्त्रणमा लिएको समेत उहाले बताउनु भयो । उहाका अनुसार सोही दिशा तर्फ गईरहेको से १ ख १२८३ नम्बरको बसलाई ओभर टेक गर्ने क्रममा जिप बससंग ठोक्किएर दुर्घटना भएको हो ।

Share.

About Author

Leave A Reply