कैलालीको गोदावरी नगरपालिका वडा न. १ मा रहेको प्रतिभा सामुदायिक पुस्तकालयको १२ औं साधारण सभा आज शनिबारका दिन सम्पन्न

0

महेन्द्रनगर, श्रावण २५
कैलालीको गोदावरी नगरपालिका वडा न. १ मा रहेको प्रतिभा सामुदायिक पुस्तकालयको १२ औं साधारण सभा आज शनिबारका दिन सम्पन्न भएको छ । पुस्तकालयका अध्यक्ष पुष्पराज जोशीको सभाध्यक्षता सम्पन्न उक्त साधारण सभामा प्रमुख अतिथीमा सुदूर पश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी रहनु भएको थियो भने बिशिष्ट अतिथीमा गोदावरी नगरपालिकाकी नगर उप प्रमुख रत्ना कडायत रहनु भएको थियो । अतिथीमा दुर्गा लक्ष्मी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डम्बर पाल लगायतका अतिथी रहनु भएका थिए । उक्त पुस्तकालयबाट बिभिन्न बिद्याका पुस्तक पढ्न पाईने तथा अनेक थरीका ज्ञान बटुल्न सकिने भएकाले अत्तरिया चोक नजिकै पुस्तकायको परिकल्पना गरीएको अध्यक्ष जोशीले बताउनु भयो । सो पुस्तकालयले निशुल्क रुपमा ईन्टरनेट सेवा पनि दिदै आएको छ । जसबाट सो क्षेत्रका बिद्यार्थी एव अन्य पाठकबर्गलाई खोज अनुसन्धान एव ईन्टरनेटमा भएका कुराहरु खोजी गरेर जानकारी लिई सजिलो भएको छ । प्रमुख अतिथी रहनु भएका सुदूर पश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका मन्त्री सुवेदीले प्रतिभा सामुदायिक पुस्तकालय अत्तरियाको १२ औं साधारण सभा उद्घाटन समारोहमा पुस्तकालय को नाम जस्तै काम प्रतिभा पहिचान एंब स्थानिय भाषा सस्कृती संरक्षणका क्षेत्रमा समेत अग्रीणी भुमिका खेल्नेमा बिस्वस्त रहेको बताउनु भयो । उक्त कार्यक्रममा बोल्दै बिशष्ट अतिथी तथा गोदावरी नगरपालिका उप प्रमुख कडायतले पुस्तकालयले बिभिन्न बिधाका किताब पढी ज्ञान गुनका कुरा सिकाएको मात्र नभई सबैलाई सभ्य बनाउने बिभिन्न कला संस्कृती लाई जोगाउने खालका कार्यक्रम प्रत्येक महिनाको अन्तिम शनिबारका दिन स्थानिय क्षेत्रमा रहेका बिभिन्न स्कुलहरुबाट बिद्यार्थीहरुलाई सहभागी गराई कार्यक्रम गरी रहेको भन्दै प्रशंसा गर्नु भयो । साथै उहाले यस्का लागि स्थानिय सरकारले गर्नु पर्ने कुराहरुमा सदैैव साथ दिदै आएको समेत जानकारी गराउनु भयो । सो पुस्तकालयको १२ औं साधारण सभा समुदघाटनमा संचालनको शुभकामना मनतब्य प्रतिभा सामुदायिक पुष्तकालयका सदस्य राज कडायतले राख्नु भएको थियो भने कार्यक्रम संचालन पुस्तकालयकै सचिव पदम साउदले गर्नु भएको थियो ।

Share.

About Author

Leave A Reply