कैलालीको टीकापुरमा आजदेखी डल्फिन महोत्सव सुरु

0

महेन्द्रनगर, भाद्र २८
कैलालीको टीकापुरमा आजदेखी डल्फिन महोत्सव सुरु भएको छ । महोत्सवको एक कार्यक्रमकाबिच संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईले उद्धघाटन गर्नु भयो । तीन दिनसम्म चल्ने महोत्सव कैलाली होटेल व्यवसायी सङ्घको आयोजनामा सुरु भएको हो । वर्षायाममा नदीहरूमा देखिने डल्फिनले पर्यटक आकर्षित गर्न सक्ने भएकाले प्रचार–प्रचारका लागि महोत्सव आयोजना गरिएको संघका अध्यक्ष नरेन्द्र शाहीले बताउनु भयो । महोत्सवका क्रममा आगन्तुक लाई नदीमा ¥याफ्टिङ गराएर डल्फिन देखाइने उहाले बताउनु भयो । महोत्सव मार्फत डल्फिन संरक्षण र प्रचार–प्रसारका लागि राज्यको ध्यानाकर्षण गराउन खोजिएको आयोजकले जनाएको छ ।

Share.

About Author

Leave A Reply