कैलालीको दुर्गालक्ष्मी नमुना माद्यमिक विद्यालयमा १ दिने समुदाय प्रहरी साझेदारी कार्यक्रम सम्पन्न

0

महेन्द्रनगर, भाद्र २७
कैलालीको गोदावरी नगरपालिका वडा नम्बर २ अत्तरियामा रहेको दुर्गालक्ष्मी नमुना माद्यमिक विद्यालयमा १ दिने समुदाय प्रहरी साझेदारी कार्यक्रम सम्पन्न भएको छ । दुर्गालक्ष्मी नमुना माध्यामिक बिद्यालय व्यवसथापन समितिका अध्यक्ष शेर सिंह खड्काको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतीथी संघिय सांसद लेख राज भट्ट रहनु भएको थियो भने बिशिष्ट अतीथीमा गोदावरी नगरपालिकाका नगर प्रमुख हरि सिंह साउद रहनु भएको थियो । ‘हर प्रहर गाउँ र नगरी , टोल टोलमा नेपाल प्रहरी’ भन्ने नाराका अन्तरगत भएको जनचेतनामुलक कार्यक्रममा सामाजिक सन्जाल, साईवर क्राईम, लागु पदार्थ, महीला तथा बालबालीकाहरु बिरुद्ध हुने अपराध , मानव बोचबिखन तथा ओसारपोसारका बारेमा जानकारी गराईएको ईलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी ज्ञान बहादुर बिष्टले बताउनु भएको छ । कार्यक्रममा सहभागीहरुले प्रहरी एक्लैले मात्रै अपराध रोकथाम गर्न सम्भव नभएकाले यसको लागि समाजका सबै बर्गको पहल आवश्यक रहेको बताएका थिए । प्रहरीले अपराध न्युनिकरण गर्नका लागि २०७५ कार्तिक ११ गते देखि सामुदाय प्रहरी साझेदारी कार्यक्रम सञ्चालन गरिरहेको छ । सोहि कार्यक्रम अन्तरगत प्रहरीले जिल्लामा सामुदाय प्रहरी – जिल्ला समिति , समुदाय –प्रहरी पालिका समिति , समुदाय – प्रहरी टोल समिति र प्रहरी –बिद्यायलय सम्पर्क समिति निर्माण गरी समुदाय प्रहरी साझेदारी कार्यक्रम संचालन गर्दै आईरहेको छ ।

Share.

About Author

Leave A Reply