कैलालीको धनगढीमा जुवा खेली रहेको अवस्थामा २८ जना पक्राउ

0

महेन्द्रनगर, कार्तिक ४
कैलालीको धनगढीमा जुवा खेली रहेको अवस्थामा २८ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उनीहरुलाई आइतवार राति कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ७ बाट पक्राउ गरिएको हो ।

लालपुर स्थित वलीहोटलमा जुवातास भई रहेको भन्ने गोप्य सुचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताउनु भयो ।

उहाले ईलाका प्रहरी कार्यालय मालाखेतीबाट प्रहरी नायव उपरिक्षक ज्ञान बहादुर बिष्टको कमाण्डमा खटिएको प्रहरी टोलीले जुवातास खेलि रहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको जानकारी दिनु भयो ।

उनीहरुको साथबाट १ लाख ५२ हजार ७ सय ५० रुपैयाँ नेपाली र २ हजार २ सय ७० रुपैयाँ भारतीय गरि १ लाख, ५६ हजार ३ सय ८२ रुपैयाँ र ७ गड्डीतास बरामद गरिएको उहाको भनाइ छ । उनीहरुमाथि थप अनुसन्धान भई रहेको बस्नेतले जानकारी दिनुभयो ।

Share.

About Author

Leave A Reply