कैलालीको धनगढी उप–महानगरपालिकाले नगर क्षेत्रमा आफ्नै अप्टीकल फाईवर बिछ्याउन सुरु

0

महेन्द्रनगर, फागुन १४
कैलालीको धनगढी उप–महानगरपालिकाले नगर क्षेत्रमा आफ्नै अप्टीकल फाईवर बिछ्याउन सुरु गरेको छ । उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले एक कार्यक्रमका बिच अप्टीकल फाईवर बिछ्याउने कार्यको उद्घाटन गर्नु भएको हो । ई–गभरनेन्स सेवालाई प्रवद्र्धन गर्न र उप–महानगरपालिकाबाट प्रवाह हुने काम कार्वाहीलाई खुला र पारदर्सि बनाउनका लागि आफ्नै अप्टीकल फाईवर बिछ्याउन सुरु गरिएको नगरप्रमुख नृपबहादुर वडले बताउनु भयो । कुनै पनि नगर स्मार्ट हुनका लागि सूचना प्रविधीको विकास आवश्यक हुने भएकाले उप–महानगरपालिकाबाट दिने सेवालाई बिस्तारै कागज विहिन बनाउदै लगिने उहाको भनाई छ । नगर स्मार्ट हुनका लागि सुचना प्रविधी, भौतिक संरचना, प्रवाह गरिने सेवा लगायतका मापदण्ड पुरा गरेको हुनु पर्ने भएको हुदा आफुहरु मापदण्ड पुरा गर्दै गइरहेको नगरप्रमुख वडले बताउनु भयो । उप–महानगरपालिकाका १९ वटै वडामा पुग्ने गरि फागुन मसान्त सम्ममा काम पुरा हुने सफ्ट वेयर ईन्जीनियर हरी प्रशाद भट्टले बताउनु भयो । धनगढी उप–महानगरपालिकाको अप्टीकल बिछ्याउने काममा प्राविधीक साझेदारी न्यू आईटी भेन्चरले गरिरहेको उहाको भनाइ छ । अप्टीकल फाईवर बिछउन ८५ लाखको स्टीमेट रहेको धनगढी उप–महानगरपालिकाका स्थानीय सहजकर्ता बिक्की चन्दले बताउनु भयो । पहिलो चरणमा उप–महानगरपालिकाका सबै वडा कार्यालय, स्वास्थ्य, भेटेननरीमा पु¥याईने छ । उप–महानगरले सबै सामुदायीक विद्यालयमा समेत सेवा पु¥याउने लक्ष्य राखेको चन्दले बताउनु भयो । उप–महानगरले योजनाहरुको अनुगमन, मुल्यांकन र सुझाव समेत दिन सकिने गरी हाम्रो धनगढी एप्स समेत संचालनमा ल्याएको छ ।

Share.

About Author

Leave A Reply